काठमाडाैं । प्रतिनिधि सभाकाे सचिव पदमा हर्कराज राई नियुक्त हुनुभएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राईलाई प्रतिनिधि सभाकाे सचिवमा नियुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
राष्ट्रपति पाैडेलले सभामुख देवराज घिमिरेको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम झापाको शिवसताक्षी नगरपालिका-२ का राईलाई प्रतिनिधि सभाकाे सचिव नियुक्त गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले निकट राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएकाे छ ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
