काठमाडाैं । प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा बुधबार आयाेजित समाराेहमा सभामुख देवराज घिमिरेले सचिव राईलाई शपथ गराउनुभएकाे हाे ।
शपथ ग्रहण समाराेहमा उपसभामुख इन्दिरा राना, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, सत्तारुढ तथा प्रतिपक्ष दलका प्रमुख र मुख्य सचेतक, सांसद्, संसद् सेवाका कर्मचारी लगायतको उपस्थिति थियो ।
सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले झापाको शिवसताक्षी नगरपालिका-२ का राईलाई मंगलबार प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको थियो ।
