काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संघीय संसद्मा पेस हुने भएकाे छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएकाे गृहमन्त्री रमेश लेखकको स्वकीय सचिवालयले शनिबार जानकारी दिएकाे हाे ।
प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो। गृहमन्त्री लेखकले प्रहरी संगठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधन गर्नुपर्ने बताउँदै आउनुभएकाे छ ।
