काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा मन्त्री राणाले प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीकाे चीन भ्रमणमा पनि नेपाल र चीनबीचको सम्बन्ध र सहयोग सम्बन्धी महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयाे । चीनसँग गरिएकाे बीआरआई सम्झौतामा ऋण भन्ने शब्द कतै नलेखिएकाे पनि मन्त्री राणाले जानकारी दिनुभयाे । 'प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ, चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई पक्षीय सम्बन्ध राम्रो हुनु पर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाईमा लैजानको लागि भावि कार्य दिशा समावेश गरिएको छ'- उहाँले भन्नुभयाे ।
उहाँले प्यालेस्टाइनको पक्षमा भएको एउटा स्पेशल बैठकमा भाग लिँदै विपिन जोशीको रिहाईको लागि पहल गरेको पनि मन्त्री राणाले जानकारी दिनुभयाे । प्यालेस्टाइनको पक्षमा त्यहाँ भएको युद्ध सम्बन्धी एउटा स्पेशल बैठक भएको थियो, त्यसमा पनि मैले भाग लिएको थिएँ, त्यो बेला मैले विपिन जोशीको रिहाईको लागि पहल गरेको थिए'- उहाँले भन्नुभयाे ।
