काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट बस्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गर्नुभएको थियो । विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेश ल्याएको भन्दै आलोचना गर्दै आएका थिए ।
विपक्षी दलले संसद्को अधिवेशन छिटो बोलाउन माग समेत गर्दै आएका थिए । तथापि विगतका वर्षहरूमा पनि संघीय संसद्को हिउँदे अधिवेशन माघको दोस्रो हप्ता पछिबाट नै सुरु हुने गर्दै आएको थियो ।
