काठमाडाैं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएकाे छ ।
सुभामुख घिमिरेले बुधबार दिउँसो १ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारी लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
