काठमाडाैं । नेकपा एमालेले संसदीय दलकाे बैठक बाेलाएकाे छ ।
संघीय संसद् भवनको ल्होत्से हलमा माघ १५ गते बस्नेगरी संसदीय दलकाे बैठक बाेलाइएकाे प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे । बैठकमा संसद्को हिउँदे अधिवेशन, पार्टीकाे रणनीति अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक, विचाराधीन विधेयक लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
संघीय संसद्काे हिउँदे माघ १८ गतेदेखि सुरु हुँदैछ ।
