काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सत्तापक्षका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएकाे छ ।
सभामुख घिमिरेले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई आइतबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बाेलाएर संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएकाे हाे ।
छलफल संसद्काे हिउँदे अधिवेशन, सरकारले ल्याउने विधेयक र तयारी लगायत विषयमा केन्द्रित रहेकाे एमाले प्रमुख सचेतक बर्ताैलाले जानकारी दिनुभयाे ।
प्रतिनिधि सभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा सभामुखले आफूहरुकाे धारणा माग्नुभएकाे कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिनुभयाे ।बैठकमा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरुलाई छिटो अघि बढाई बिजनेश दिन प्रमुख सचेतकहरुलाई आग्रह गर्नुभएकाे थियाे ।
सभामुख घिमिरेले आजै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतकसँग छलफल गर्दै हुनुहुन्छ ।
संघीय संसद्काे हिउँले अधिवेशन यही माग १८ गतेदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशनको पहिलो दिनकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने तय भएकाे छ ।
