काठमाडाैं । सरकारले संघीय संसद्काे हिउँदे अधिवेशनमा विजनेस अभाव हुन नदिने भएकाे छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको साेमबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद्लाई विजनेज अभाव हुने नदिने बताउनुभयाे ।
संसद्लाई पहिलाे दिनदेखि नै कामकाे चाङ लाग्ने उहाँले बताउनुभयाे । सरकारलाई काम र बिजनेस दिइने भन्दै प्रधानमन्त्री ओलीले संसद् तीब्र रफ्तारमा चल्ने बताउनुभयाे ।
सरकारले हालै ल्याएका अध्यादेश पारित गरिने र नयाँ कानुन बनाइने उहाँले बताउनुभयाे । अप्ठेराे परेका ठाउँमा कानुनी रुपमै बाटाे खाेलिने भन्दै प्रधानमन्त्री ओलीले खरिद एेन लगायतमा भएका अप्ठेराे हटाउन यसै अधिवेशनमा एेन ल्याइने बताउनुभयाे ।
देशलाई सुशासन र विकासकाे बाटाेमा अघि बढाउन नेकपा एमाले र नेपाली कांग्रेसकाे सरकार बनेकाे उहाँले बताउनुभयाे । सहमतिमै संविधान संशाेधन गरिने भन्दै प्रधानमन्त्री ओलीले कहिले संशाेधन हुने भनेर भन्न नसकिने बताउनुभयाे ।
