काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक तथा सचेतकहरुसँग छलफल गर्नुभएकाे छ ।
सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित कार्यकक्षमा उनीहरुसँग छलफल गर्नुभएकाे हाे । प्रतिनिधि सभा बैठककाे अघिल्लाे दिन सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग सदनकाे कामकारबाही, अध्यादेश, विचाराधीन विधेयक लगायत विषयमा छलफल गर्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभाकाे बैठक भाेलि बस्दैछ ।
संघीय संसद्काे हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु भएकाे हाे ।
