काठमाडाैं । सांसद् रणेन्द्र बरालीले जीबी राईलाई पक्रन नसकेको प्रशासनले निरिह दलित दम्पत्तीलाई पक्राउ गरेर बहादुरी देखाएकाे आराेप लगाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् बरालीले अन्तरजातीय विवाह गर्ने दलितलाई गृहमन्त्रीकै आदेशमा अत्याचार भन्ने खबरले सिंगै देशलाई स्तब्ध बनाएकाे बताउनुभयाे ।
विवाहपछि भारत गुम्न गएका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारलाई गृहमन्त्री रमेश लेखककाे आदेशमा प्रहरीले पक्राउ गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
गम्भीर अपराधीलाई पक्राउ गर्न मात्र प्रहरी विदेश पठाउने गरिएकाे सांसद्ले स्मरण गराउनुभयाे ।
