काठमाडाैं । राष्ट्रिय सभामा २ वटा विधेयक पेस भएका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गर्नुभयाे ।
आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पेस गर्नुभयाे ।
राष्ट्रिय सभाकाे अर्काे बैठक आइतबार बस्नेछ ।
