काठमाडाैं । नेकपा एमालेका सांसद् ठाकुर प्रसाद गैरेले सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु भएको (छिचोलिएको) मा खुशी व्यक्त गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् गैरेले सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेल, निर्माण कम्पनी, कर्मचारी लगायतलाई विशेष धन्यवाद दिनुभयाे ।
मृत्युमार्ग भनेर चिनिएकाे यस सडक मार्गकाे परिभाषा सुरुङमार्ग ब्रेक थ्रु भएसँगै फेरिएकाे उहाँले बताउनुभयाे । 'यस क्षेत्र मृत्युमार्गकाे रुपमा परिचित हुँदै आएकाे थियाे, अब त्यहाँबाट आम जनताले सुरक्षित मार्गकाे रुपमा ढुक्कसाथ यात्रा गर्ने सन्देश दिएकाे छ' - सांसद् गैरेले भन्नुभयाे ।
बाँकी भागकाे स्तराेन्नती गर्ने लगायत काम पनि समयमै हुने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
