काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठकका लागि विभिन्न ८ वटा कार्यसूची तोकिएको छ । राष्ट्रिय सभाको बैठकका लागि ३ वटा कार्यसूची तोकिएको छ ।
