काठमाडौं । आइतबार राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ ।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गर्नुभएको हो ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले विधेयक ल्याइएको उहाँले जानकारी दिनुभयो । ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ, नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ, सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाई मर्यादित बनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्दछु’, उहाँले सभामा भन्नुभयो ।
