काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसै गरी, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा त्यस विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
