काठमाडौं । प्रतिनिधि सभा सदस्य माधव सापकोटाले गाँजा खेतीको सम्भाव्यता अध्ययनको काम अघि बढाउन माग गर्नुभएको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सापकोटाले सरकारको बजेट तथा कार्यक्रममा आएको गाँजा खेतीको अध्ययनको कामलाई अघि बढाउन माग गर्नुभएको हो । अहिले पनि गाँजाको कारोबारमा संलग्न भएको भन्दै युवाहरू जेलमा रहेकाले यस विषयमा समेत पुनर्विचार गर्न सापकोटाले माग गर्नुभयो ।
केही समय अगाडि आफू मकवानपुरको पालुङ, आग्रा, राक्सिराङ लगायतका गाउँहरूमा पुगेको बताउँदै उहाँले त्यस भेगका किसानले गाँजा खेतीको बारे चासो राखेका बताउनुभयो ।
