काठमाडौं । प्रतिनिधि सभा सदस्य मनिषकुमार झाले नेपाल विद्युत् प्रतिकरणका कार्यकारी निर्देश कूलमान घिसिङलाई अपमान नगर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै झाले उहाँलाई पदबाट हटाउन अनेक प्रपञ्च रचिएको बताउनुभयो । उहाँले कूलमानलाई नहटाउन खबरदारी गर्नुभयो । ‘एउटा कूलमानलाई लखेटियो भने हामी हजारौँ कूलमान लिएर आउँछौँ’, उहाँले भन्नुभयो ।
झाले उदयपुर सिमेन्ट कारखानाबाट अवकाश दिइएका मजदुरले अझैसम्म पाउनु पर्ने सुविधा नपाएको प्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसरी अवकाश पाएका मध्ये कतिपयको मृत्यु भइसकेको, कतिपयले बिरामी हुँदा पनि उपचार गराउने खर्च अभाव भएको प्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो ।
