काठमाडौं । प्रतिनिधि सभा बैठकले पाँचवटा अध्यादेश पास गरेको छ ।
बुधबार बसेको बैठकले प्रतिनिधि सभामा पेस भएका पाँचवटा अध्यादेश बहुमतबाट पास गरेको हो । यी हुन् प्रतिनिधि सभाबाट पास भएका अध्यादेशहरू :
१) सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१
२) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
३) निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
४) आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१
५) सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
