काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ ।
बैठक आज मध्याह्न एक बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्दै हुनुहुन्छ ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची पनि आजको बैठकमा रहेको छ । आजकै बैठकमा सो संशोधनमाथि छलफल पनि हुने छ ।
आजै मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदनका लागि प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
