काठमाडौं । प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा गलत भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले देश आर्थिक संकटमा परिरहेको बेला यस्तो कानुन बन्न लागेको सुन्न आएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था अहिले देखिई रहेको छ, राज्य प्रति जनताको उदासीनता देखिई रहेको अवस्थामा पूर्व विशिष्ट अधिकारीलाई यो सुविधा दिनु देशको लागि हितकर हुँदैन’, उहाँले भन्नुभयो ।
यादवले अहिले देश र व्यवस्था विरुद्ध अफवाह फैलाउने विभिन्न शक्ति सक्रिय रहेको बेला यस्ता कानुन बनाएर सुविधा दिन कुरा सर्वथा गलत हुने उहाँले बताउनुभयो । यसमा पुनर्विचार गर्न उहाँले सरकारलाई अनुरोध गर्नुभयो ।
