काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सरकारसँग विवेक र इमान हुनुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले सरकार जनताको आशा र भरोसाको केन्द्र हुनुपर्ने बताउनुभयो । देश गम्भीर आर्थिक संकटमा परेको बेला पूर्वविशिष्ट पदाधिकारीलाई सेवा र सुविधा दिने कुरामा विवेक पुर्याउनु पर्ने पौडेलको धारणा छ । ‘दुःखमा परेका नागरिकलाई राहत दिनु पर्ने बेलामा सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेर कानुन बनाउन लाग्दा जनता प्रति निर्वाह गर्नुपर्ने उत्तरदायित्वको विवेक गुमाउँदै गएको छ’, उहाँले भन्नुभयो ।
उहाँले जनताको समस्या समाधानको लागि क्रियाशील हुन सकरकालाई आग्रह गर्नुभयो । अहिले पूर्वविशिष्टलाई सुविधा दिने भन्दा पनि जनताको सेवा गर्ने बेला भएको उहाँले बताउनुभयो ।
