काठमाडौं । प्रतिनिधि सभा सदस्य उर्मिला माझीले नेपाली जनताले अहिलेको व्यवस्थाको विकल्प नखोजेका बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै माझीले नेपाली जनताले खोजेको उपलब्धि प्राप्त नहुँदा आक्रोश व्यक्त गरेको कुरालाई व्यवस्थाकै विकल्प खोजेको हो भन्ने भ्रममा नपर्ने उहाँले आग्रह गर्नुभयो । ‘नेपाली जनताले व्यवस्थाको विकल्प खोजेको छैन, गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनु सक्दैन’, उहाँले भन्नुभयो ।
बैठकमा बोल्दै माझीले नेपाली जनताले धेरै ठुलो कुराको अपेक्षा पनि नगरेको उहाँले बताउनुभयो । जनताले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुरा मात्र खोजेको दाबी गर्नुभयो । माझीले नेपाली जनताको भावना माथि खेलबाड नगर्न सबैलाई आग्रह गर्नुभयो ।
