काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रतीक्षा तिवारीले देशमा विकास भएको छैन भन्ने भ्रम नफिँजाउन आग्रह गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै तिवारीले देशमा विकासको लहर सुरु भएको बताउनुभयो । ‘राजनेता केपी ओली नेतृत्वको सरकारले विकासको लहर ल्याएको छ, जनतामा आशा पलाएको छ, विकासको लहर देखेर विकास विरोधीहरू आत्तिएका छन्’, उहाँले भन्नुभयो ।
उहाँले संविधानमा व्यवस्था नै नभएको राजतन्त्र ल्याउँछौँ भनेर नागरिकलाई भ्रम नछर्न पनि आग्रह गर्नुभयो । उहाँले यसरी फैलाएको भ्रम, प्रभाव र दवावमा नपर्न नागरिकहरूलाई पनि आग्रह गर्नुभयो ।
