काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले जलन पीडितहरूको उपचार र पुनर्स्थापना सम्बन्धमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै ओलीले त्यही संवेदनशीलतालाई हेरेर आफूले तेजाब र अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन ल्याएको स्मरण गराउनुभयो । सो ऐनले त्यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको ओलीले जानकारी दिनुभयो ।
जलन पीडितहरूको उपचार, पुरस्थापना तथा अधिकार सम्बन्धमा संसदमा दर्ता भएको निजी विधेयकमा रहेका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलका क्रममा पनि सरकारले आफ्नो धारणा राख्ने नै उहाँले स्पष्ट पार्नुभयो ।
