काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण आजको प्रतिनिधि सभा बैठक पनि रोकिएको छ ।
आइतबार बिहान ११ बजे बोलाइएको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षीले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले संघीय संसद्का दुवै बैठक अवरुद्ध गर्दै आएका छन् ।
