काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवाेधन गर्दै गर्दा राप्रपा सांसदहरूले अवरोध गरेका छन् ।
प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेपछि राप्रपा सांसदहरू आक्रोशित भई अबराेध गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा भएको घटनामा पूर्वराजा साह मुख्य जिम्मेवार भएको बताए लगत्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर विरोध जनाएका थिए । त्यसपछि पार्टीका सबै सांसदहरू उठेर विराेध जनाएका हुन् ।
