काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै, युवाको शक्तिलाई नहोच्याउनुस् ।’
