काठमाडौं । प्रतिनिधि सभाको बैठक आजबाट बस्दै छ । प्रतिनिधि सभाको वर्षे अधिवेशन आजबाट सुरु हुन लागेको हो ।
बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीका कार्यभार र मन्त्रीपरिषद् गठन सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्री परिषदबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची बनेको छ ।
अधिवेशनमा दलीय आधारमा सांसदहरूले आआफ्नो मन्तब्य राख्नुहुने छ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।
