काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले अहिले पनि पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज भनि लेख्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गैरेले नेपालको संविधान र अहिलेको व्यवस्थामा श्री ५ को कुनै व्यवस्था नभएको बताउँदै गैरसंवैधानिक रूपमा कसैले आफ्नो उपाधि आफैँ राख्न नमिल्ने बताउनुभयो । ‘संसद्को सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? ज्ञानेन्द्र शाहलाई नेपालको कानुन अनुसार कारबाही गरियोस्’, उहाँले भन्नुभयो ।
राजावादीको नाममा पत्रकारलाई ज्यूँदै आगो लगाउने, नेपालको विमानस्थलमा आगो लगाउने दुषसहास गर्ने, सुरक्षाकर्मीलाई गाडी लगाएर कुल्चिएर मार्न लगाउने, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तर घटनाको जिम्मा नलिने राजावादीहरूको चरित्र आपराधिक चरित्र भएको उहाँले बताउनुभयो ।
