काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण बाउनु पर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले शिक्षकहरू बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्दै गीत गएर वास्ता विद्यार्थीको पढाइ बरबाद भएको बताउनुभयो । पठन पाठन नियमित सञ्चालनको लागि शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न उहाँले भाग गर्नुभयो । ‘उहाँहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने पानीको फोरा खुवाउने र गीत गाउने रूपमा व्यवस्थापन नगरियोस्, तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस्’, उहाँले भन्नुभयो ।
शिक्षकका माग सम्बोधन गर्न नवनियुक्त शिक्षा मन्त्रीले के गरिरहनु भएको छ त्यसको जवाफ संसद्लाई दिनु पर्ने पनि उहाँले बताउनुभयो ।
