काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निरश दस्तावेज भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकारको नीति तथा कार्यक्रम परम्परागत दस्तावेज भएको बताउनुभयो । ‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो, यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो’, उहाँले भन्नुभयो ।
