काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उहाँले अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नु पर्ने भन्दै राजा राजा भनेर लाग्नु समयको बर्वादी मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘यहाँ साथिहरु व्यवस्था बदल्न आन्दोलन गरिरहेका छन् । सरकार संविधान संशोधन गर्छु भनिरहेको छ किन आन्दोलन गर्नुपर्यो त ? अबको चुनावमा कोसिस गर्नुस् बहुमत ल्याउनुस् । अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नुस् बाँकी त कँहाबाट आउनु । राजा राजा भन्या छ निन्द्रा पनि नपर्ला जस्तो भईसक्यो आउदैन हजुर त्यतातिर कोसिस नगर्नु समयको बर्वादी हो ।’ उहाँले अहिले मन्त्री भएका व्यक्तिलाई अन्तिम पटकको लागि हो कि फर्किएर फेरी सांसद्कै लहरमा बस्ने भन्दै प्रश्न समेत गर्नुभएको छ ।
राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उहाँले अब...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
