मोहन विक्रम सिंह -
के आज देशमा २०१७ सालको कालो बादल मडारिंदै छ रु निश्चित रुपले । सायद कुरा त्योभन्दा बढी खतरनाक छ । २०१७ सालको काण्डको परिणामस्वरुप ता देशमा खालि निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्था कायम भएको थियो । त्यसलाई ता, कम से कम, ३० वर्षको संघर्षपछि समाप्त गर्नु सम्भव भएको थियो । तर आज गणतन्त्र समाप्त भएर राजतन्त्रको पुनस्र्थापना हुनुका साथै एउटा स्वतन्त्र राष्ट्रको रुपमा नेपालको अस्तित्व नै समाप्त हुने ता होइन रु त्यो गम्भीर आशंका उत्पन्न भएको छ ।
२०१७ सालको राजनीतिक स्थितिका विशेषताहरु के थिए रु प्रथम, त्यो बेला राजाले संसदीय प्रणालीलाई समाप्त गरेर आफ्नो निरंकुश सत्ता कायम गर्न योजनावद्ध प्रकारले षडयन्त्र गरिरहेको थियो । त्यसले टंक प्रसादको प्रजा परिषद्, के।आई। सिंहको संयुक्त प्रजातन्त्र पार्टी, वीपी कोइरालाको नेतृत्वको नेपाली कांग्रेस र डा। केशरजंग रायमाझीको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान सभाको चुनावको नारालाई परित्याग गर्नका लागि तयार पारेको थियो ।
यहा“ यो पनि उल्लेखनीय छ कि टंक प्रसाद, के।आई सिंह र वीपीको नेतृत्वका पार्टीहरु पूरै नै संविधानसभाको नारालाई परित्याग गर्न तयार भएका थिए भने हाम्रो पार्टीभित्र रायमाझीको संविधानसभाको चुनावको नारा परित्याग गर्ने नीतिका विरुद्ध कडा दुईलाईनको संघर्ष चलेको थियो, जो दरभंगा प्लेनममा तीब्र रुपमा देखापरेको थियो । संविधानसभाको पक्षमा पार्टीभित्र चलेको त्यो संघर्ष २०४८ सालको संसदीय चुनावको बहिष्कार हु“दै लगातार अगाडि बढिरह्यो र अन्तमा २०६४ मा संविधानसभाको चुनाव भयो । तर ०६४ सालको संविधानसभा संविधान निर्माण नगरी विघटित भएपछि दोस्रो पटक २०७० सालमा सम्पन्न संविधानसभाको चुनावबाट गठित संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भयो ।
द्वितीय, २०१७ सालको दोस्रो महत्वपूर्ण विशेषता राजनीतिक पार्टी वा कतिपय संघसंस्थाद्वारा सरकारको विघटनको माग र संघर्ष थियो । प्रजा परिषद्, संयुक्त प्रजातन्त्र पार्टी र अरु कैयौं संघसंस्थाहरु संसदको विघटनका लागि सक्रिय थिए । स्वयं संसदभित्र पनि कैयौं सांसदहरुले ने।का।को सरकारको विघटन र राजको प्रत्यक्ष शासनको माग गरिरहेका थिए ।
तृतीय, त्यो बेला अत्यधिक बहुमतको ने।का।को सरकार थियो । त्यो सरकार आफ्ना भ्रष्ट, जनविरोधी र अप्रजातान्त्रिक नीतिहरुका कारणले जनतामा धेरै नै आलोचित बन्दै गइरहेको थियो । त्यसले गर्दा प्रजातान्त्रिक प्रणाली वा ने।का।को सरकारका विरुद्ध जनमत वा वातावरण तयार पार्नका लागि राजावादी वा राजापरस्त तत्वहरुलाई धेरै मद्दत पुगिरहेको थियो । बताइरहनु पर्ने आवश्यकता छैन कि त्यसरी पौष १ गतेको घटनाका लागि जनमत तयार पार्ने काम मुख्य रुपले स्वयं ने।का।को सरकारले नै गरेको थियो ।
चतुर्थ, हाम्रो पार्टीको नेतृत्वले पनि ९निश्चय नै, पार्टीभित्र अल्पमतको विरोध र संघर्षको नीतिका बाबजुद० राजाको प्रतिक्रान्तिकारी कदमको समर्थन जुटाउने वा साथ दिने नीति अपनाएको थियो । उनीहरुको मुख्य जोड ने।का।को सरकारको विघटनमा थियो । त्यस प्रकारका सबै घटनाक्रमको पृष्ठभूमिमा २०१७ साल पौष १ गतेको काण्ड भएको थियो । अहिले पनि शायद त्यही प्रकारको स्थितिको पुनरावृत्ति हु“दै ता छैन रु नेकपाको सरकार शायद नेपालको प्रजातान्त्रिक इतिहासको नै सबभन्दा शक्तिशाली दुईतिहाईको सरकार हो । तर त्यसले एक वा अर्को प्रकारले वीपीको सरकारको अनुशरण गर्दै गएकोले वा जनअपेक्षा अनुसार काम गर्न नसकेकोले त्यसको लोकप्रियता एकदम कम हु“दै गइरहेको छ । त्यसबाट वर्तमान सरकारको विघटनको वातावरण निर्माण गर्नको लागि विरोधी शक्तिहरुलाई मद्दत पुगिरहेको छ । कतिपय संगठन, संघसंस्था वा व्यक्तिहरुबाट पनि त्यस प्रकारको आवाज उठिरहेको छ । त्यस प्रकारको दौडमा कतिपय ‘वामपन्थी’ संगठनहरु पनि पछाडि छैनन् ।
मोहन बैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादी र विप्लबले नेतृत्व गरेको नेकपाले पनि वर्तमान सरकारलाई प्रतिक्रियावादी घोषित गरेर त्यसलाई अपदस्त गर्ने कुरामा जोड दिइरहेका छन् । त्यसरी उनीहरु राजनीतिक वा क्रियात्मक प्रकारले ने।का।को पंक्तिमा उभिन पुगेका छन् । सायद यो कुरा त्यस्तै हो, जस्तो कि २०१७ सालमा हाम्रो पार्टीको रायमाझीको नेतृत्वको बहुमतले ने।का।को सरकारको विघटनको कुरा गरेर राजाको शासन ल्याउनको लागि प्रयत्न गरेको थियो । तर यस सन्दर्भमा उनीहरुका बीचमा भएको एउटा अन्तरलाई हामीले छुट्याएर हेर्नुपर्छ ।
रायमाझीको ने।का।को सरकारको विघटनमा जोड दिनुका पछाडिको नियत स्पष्ट रुपले राजाको प्रत्यक्ष शासन कायम गर्नु थियो । तर बैद्य वा विप्लवको त्यस प्रकारको नीयत रहेको छ भन्ने हाम्रो सोचाइ छैन । तर लेनिनले भने झै राजनीतिमा निर्णयात्मक महत्वको कुरा नीयत होइन, परिणाम हुन्छ । त्यसैले बैद्य र विप्लबहरुले अहिलेको सरकारका विरुद्ध प्रहार केन्द्रित गर्ने जुन नीति अपनाएका छन् । त्यसका पछाडि प्रतिगामी नीयत नभएपनि, त्यसको परिणाम प्रतिगमनलाई नै मद्दत पुग्ने कुरा स्पष्ट र निश्चित छ । त्यसबाट गणतन्त्र र धर्मनिरपेक्षतामा आ“च पुग्ने कुरा स्पष्ट छ ।
बैद्य र विप्लब दुवैले धर्म निरपेक्षताको विरोध गरेको ता देखिन्न । तर उनीहरुले अहिलेको गणतन्त्रलाई बुर्जुवा बताएर–जो हो पनि–त्यसका विरुद्ध प्रहार केन्द्रित गरिरहेका छन् । बैद्यले जनगणतन्त्र र विप्लबले वैज्ञानिक समाजवादको नाममा विद्यमान गणतन्त्र माथि हमला गर्ने काम गरिरहेका छन् । यहा“ यो उल्लेखनीय छ कि, जस्तो कि तल साथै संलग्न लेखबाट प्रष्ट हुनेछ, रायमाझीले पनि नेकाको सरकारको विघटनको कुरा ‘जनक्रान्ति’ का नाममा गरेका थिए । अहिले वैद्य वा विप्लबहरुले नया“ जनवादी क्रान्ति वा समाजवादको नाममा विद्यमान गणतन्त्रको विरोध गरे पनि तत्काल ता त्यस प्रकारको क्रान्तिकारी परिवर्तन सम्भव छैन – त्यसैले त्यसको अर्थ विद्यमान गणतन्त्रको अन्त र प्रतिगमनको सेवा नै हुन जान्छ ।
देशमा जुन प्रकारको वातावरण तयार भएको छ, त्यसलाई विश्लेषण गरेर हेर्ने हो भने त्यसले २०१७ साल पौष १ गतेभन्दा पहिलेको वातावरणको आभाष दिन्छ । तर जस्तो कि माथि भनियो, अहिलेको स्थिति २०१७ सालकोभन्दा कैयौं गुणा बढी गम्भीर छ । त्यो बेला देशमा खाली राजाको निरंकुश सत्ता कायम हुने खतरा थियो । अहिले देशमा जुन प्रकारको खेल भइरहेको छ, त्यसबाट विद्यमान गणतन्त्रका साथै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता, संक्षिप्तमा एउटा स्वतन्त्र देशको रुपमा नेपालको अस्तित्व नै खतम हुने खतरा देखापर्दै गइरहेको छ ।
