विमल कार्की---
नेपाली राजनितिका सर्वाधिक लोकप्रीय नेता हुन् केपी शर्मा ओली । ओलीको जीवनको अधिकांश हिस्सा कम्युनिष्ट आन्दोलन, वर्ग सङघर्ष, पिछडिएका गरिब जनताको मुक्ति र असमान निरंकुश राज्य व्यवस्थाको बिरुद्धमा बितेको देखिन्छ ।
झापा बिद्रोहबाट कम्युनिष्ट आन्दोलन हाकेका नेता ओली त्यसबेला निरंकुश पन्चायती व्यवस्थालाई ठाडो चुनौती दिन पछि हटेनन् । १४ वर्ष जेल बसेको अनि जेलभित्र पनि गोलघरभित्र बसेको मानिस सामान्यतया बाँच्दैन । मार्नकै लागि गोलघरभित्र राएिको हुन्छ । तर, केपी ओली बाँचे । नाफामा पाएको जीवन उनले देश र जनतालाई समर्पित गरिरहेका छन् ।
०४९ सालमा पार्टीको बहुमतले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्दान्त अङगीकार गरेपछि नेता ओली जबजको प्रवक्ता भएर आम जनता र कार्यकर्ता माझ उदाए ।
राजनेता ओलीलाई मेरो दस वर्ष किन ?
लगभग ओरालो लाग्दै गरेको तत्कालीन नेकपा एमालेलाई केपी ओलीले नेपालको पहिलो पार्टी बनाए, नेपालको सबैभन्दा विश्वाशयोग्य र जनप्रिय पार्टी बनाए । ओलीले देशको क्षेत्रीय, जातीय, धार्मिक असमानता हटाउँदै राष्ट्रिय एकताको सन्देश दिए । राष्ट्रियताको रक्षा गर्न पर्खाल बनेर उभिए । उनकै नेतृत्वमा चीनसँग नेपालको व्यापार सम्झौता भयो । विश्वसँग सम्बन्ध प्रगाढ बनोस् भनेर काम गरे । देशमा चलिरहेको पृथकतावादी उभार सदाका लागि अन्त्य गरे ।
नेपाली कम्युनिष्ट आन्दोलन स्थापना कालदेखि नै विभिन्न चिरामा विभक्त थियो । केपी ओलीकै दुरदर्शी दृष्टिकोण र प्रभावशाली नेतृत्वका कारण नेपालका दुईटा ठूला कम्युनिष्ट पार्टी एकीकृत भयो ।
राजनीतिक अस्थिरता र अशान्तिका कारण देशमा भएका उद्योगधन्दा बन्द भयो । लामो गृहयुद्ध, भूकम्प र नाकावन्दीका कारण जनतामा निरासा थियो । ती निरास अनुहारहरुमा केपी ओलीले उत्साह दिएका छन्, सपना दिएका छन् । समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने विश्वाश जनतामा जगाएका छन् । देशका लागि दूरगामी महत्व बोक्ने योजना तथा कार्यक्रम दिएका छन् । यस्तो भिजन भएका प्रधानमन्त्री नेपालले विगतमा पाएको थिएन ।
केपी ओलीले मुलुकलाई नयाँ सपना दिएका छन्, नयाँ भिजन दिएका छन्, नयाँ बाटो दिएका छन् । नेपाल स्वाभिमानी मुलुक हो भन्ने स्थापित गरेका छन् । अहिले दिनहुँ भ्रष्टहरु पक्राउ परेको समाचार आउँछ । भ्रष्टाचार नियन्त्रण गरेका छन् । सरकारी जग्गा व्यक्तिको बनाउनेहरुका ओली सत्रु बनेका छन् । लुटिएका सरकारी जग्गा सरकारकै नाममा ल्याउने अभियान चलाएका छन् ।
केपी ओलीले आजलाई मात्र हेरेर काम गरेका छैनन्, भोलीलाई हेरेर काम गरेका छन् । यस्ता राजनेता प्रधानमन्त्रीलाई म जस्ता देशभक्त नेपाली आफ्नो आयुको एकदुई वर्ष होइन, वर्षाैंवर्ष दिन तयार छौं ।
