डा. खगेन्द्र कटुवाल -
कोरोनाले विश्वलाई त्राहिमाम बनाएपछि सबैको ध्यान अहिले होमियोप्याथी चिकित्सा पद्धतिले खिचेको छ । यो विश्वको नवीनतम् र अत्यन्त प्रभावकारी चिकित्सा पद्धति हो ।
कोरोनाले त्राहिमाम बनाएको विश्व परिवेशमा कुनै एक चिकित्सा पद्धतिको मात्र भर पर्न सकिन्न भन्ने सबैले महशुस गर्न थालेका छन् । यस क्रममा विश्व स्वास्थ्य संगठनदेखि नेपाल सरकार सम्मले होमियोप्याथी चिकित्सा पद्धतिलाई कोरोना भाइरस रोकथामका लागि अपनाइरहेका छन् ।
नेपाल सरकारले मार्गनिर्देशन गरेको आधिकारिक दस्तावेजमा होमियोप्याथीका औषधीहरुलाई पनि समावेश गरिएको छ ।
विभिन्न प्राचीन उपचार पद्धतिहरु तथा आधुनिक चिकित्सा (सामान्य चिकित्सा) लाई संष्लेषण गरी होमियोप्याथी चिकित्सा पद्धति विकास गरिएको हो । जर्मनीका एलोप्याथी चिकित्सक डा. स्यामुयल हेनिमनले सन् १७९६ मा यो चिकित्सा पद्धतिको थालनी गर्नुभएको हो । एलोप्याथी चिकित्साको अपूर्णता र साइड इफेक्ट देखेर दुखी हुनुभएका हेनिमनले आफैंमाथि प्रयोग गरेर होमियोप्याथी चिकित्सा पद्धतिको थालनी गर्नुभएको हो ।
यो चिकित्सा पद्धति आज विश्वव्यापी बनिसकेको छ र होमियोप्याथीको अस्पताल नै नेपालमा पनि सञ्चालन भइरहेको छ, त्यो पनि सरकारी लगानीमा ।
पूर्वीय दर्शन वेदमा समेत उल्लेख भएको “समः समं समयतीः” भन्ने प्राकृतिक सिद्धान्तमा पूर्णतः आधारित भई अहिलेको नयाँ विज्ञान र प्रविधिको समेत यथोचित प्रयोग भएको चिकित्सा होमियोप्याथी हो । यो चिकित्सा प्रणाली विकसित देशहरुमा व्यापक बनेको भए पनि नेपालमा अझै पनि आयुर्वेदिक चिकित्सा वा परम्परागत चिकित्सा भन्ने भ्रम धेरै मानिसलाई रहेको देखिन्छ । होमियो चिकित्साको अर्थ समान नै समानको समाधान हो, विष काट्न विष नै चाहिन्छ, तर विषको मात्रालाई अत्यन्तै कम मात्रामा प्रयोग गरिन्छ । त्यस्तै, फलाम काट्न फलाम नै चाहिन्छ । तर फलामको मात्रालाई न्यूनीकरण गरिन्छ, अनि मात्र फलामलाई सहज ढंगले काट्न सकिन्छ । यसको अर्थः जहा जस्तो समस्या छ, त्यहाँ त्यही प्रकृतिको सम्बन्ध राख्ने समान खालका वस्तुबाट समाधान खोजिनु पर्दछ । र त्यस्ता समस्याहरु समाधान हुन्छ नै ।
अहिले विभिन्न तरिकाले कोरोना महाव्याधीको उपचार खोजिँदैछ । विभिन्न उपाय र विकल्पमा विश्व केन्द्रीत भइरहेको छ ।
प्रकृतिको नियमलाई बेवास्ता गर्दै जीवनलाई सफल बनाउन सकिन्छ भन्ने मानसिकताका कारण प्राकृतिक संरचनाहरु ध्वस्त भएका छन् । प्रकृतिमाथि विज्ञान र प्रविधिको अन्धाधुन्द प्रयोगले स्वयं मानवजातीको अस्तित्व नै खतरामा पर्न सक्ने दृष्टान्त कैयौं पटक प्राकृतिक प्रकोपको रुपमा वा महामारीको रुपमा देखिएका छन् । तसर्थ, प्राकृतिक नियममा आधारित भई प्रकृतिको नियमलाई पालना गरी जीवन यापन गर्न थाल्नुपर्दछ । र यदि समस्याहरु प्राकृतिक कारणले आउने गर्छ भने समाधान पनि प्राकृतिक नियममा नै आधारित भई खोज्नुपर्छ भन्ने अनुभव मानव सभ्यताले बारम्बार गरिसकेको छ । होमियो चिकित्साले यो मान्यतालाई आत्मसात गरेको छ ।
महामारीमा पनि रोग नलागेका व्यक्तिले पनि प्राकृतिक वातावरणमा रहने, आफ्नो शरीरको प्रकृति सुहाउँदो खानपीन गर्ने, प्राकृति जीवनशैली अपनाउने र रोगी व्यक्तिले समेत प्राकृतिक औषधी उपचार गराउन सकेमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । त्यसो गरे शरीरमा भएका हानिकारक तत्वहरुलाई परास्त गरी लामो र स्वस्थ जीवन जीउन सम्भव छ । यस प्रकारको मानवतावादी कार्यक्रमलाई उपयोगी बनाउन, हरेक समुदायसम्म सहि सन्देशहरु पुर्याउन र महामारीबाट बच्न र बचाउन सरोकारवाला सबै पक्षहरु जिम्मेवार भएर लाग्न जरुरी छ । अहिलेको सन्दर्भमा हामीलाई समस्या भएको कोरोना भाईरस र त्यसबाट लाग्ने कोभिड १९ रोग नै हो । यो रोगसँग लड्न विश्वका विकसित देशहरुका साथै नेपालले पनि होमियोप्याथीलाई पनि अगाडि सारेको छ ।
रोगहरु गतिशील प्रकृतिको हुने भएकोले होमियोप्याथिक औषधीहरुलाई पनि अत्याधुनिक प्रविधिबाट गतिशील वनाइएको हुन्छ ।
मानिसले प्रयोग गर्ने औषधीलाई प्रमाणिकरण गर्दा परम्परागत चिकित्सामा रोगी व्यक्तिलाई र आधुनिक चिकित्सामा बाँदर, खरायो, मुसा, कुकुर आदि जनावरहरुमा परीक्षण गरिएको हुन्छ, जसले वस्तुगत लक्षण मात्र मापन गर्न सक्छ । विषयगत लक्षणहरु जनावरहरुबाट प्राप्त नहुने भएकोले होमियोप्याथी बाहेकका चिकित्साहरु पर्याप्त मात्रामा सफल बन्न नसकेका हुन् । होमियोप्याथी चिकित्सामा न्यून डोज न्यानो पार्टीकल्स) हुने भएकोले स्वस्थ मानिसलाई नै औषधी परिक्षण गरिन्छ । नयाँ औषधीहरुको प्रमाणिकरण गरिन्छ । मानिसले खाने औषधीको परीक्षण मानिसमा नै गरिएको कारणले होमियोप्याथी प्रभावकारी उपचार बन्न सकेको हो ।
होमियो उपचार पद्धति पूर्णतः प्राकृतिक सिद्धान्तमा आधारित भएकोले हरेक व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता विकास गरेर शरीरलाई रोगसँग लड्नसक्ने बनाइन्छ । इम्युन वा भ्याक्सिनभन्दा अझ प्रभावकारी ईम्युनिटिको रुपमा होमियोका औषधीहरुले काम गर्न सक्दछ । र, शरीरका विकारहरुलाई हटाइ रोगमुक्त गराउन नियमित प्रकृयालाई सुचारु गराइन्छ । यिनै प्राकृतिक कारणले गर्दा होमियोप्याथी चिकित्सावाट प्राकृतिक रोगहरु निको पार्न र महामारीमा पनि रोग प्रतिरोधात्मक क्षमता विकास गरी संक्रमणबाट मानिसलाई बचाउन सम्भव भएको हो ।
कोरोनाका कारण उत्पन्न मनोवैज्ञानिक परिस्थितिको होमियोप्याथिक व्यवस्थापन
मानिसको मृत्यु स्वभाविक कारणले वा अस्वभाविक कारणले समेत हुने गर्दछ । जुन सामान्य प्रकृया हो भनी जेनेरलाज गरेको अवस्था नै हो । तर, अहिले कोरोनाका कारण लकडाउन, संक्रमित क्षेत्रलाई सील गर्नाले चौबिसै घण्टा मरिन्छ होला, मरिन्छ होला भन्ने सोचाइ आइरहनाले समेत मृत्युसँगको डरलाई समायोजन गर्न नसक्दा र जनचेतनामा परिपक्व बुझ्ने बुझाउने काममा समन्वय नहुँदा झनै त्रासदीपूर्ण अवस्थामा गुज्रनुपरेको छ । यस्तो स्थितिमा रहँदा मनोेवैज्ञानिक असर पर्न सक्छ । कोरोना महामारीको यस भयावह परिस्थितिमा लकडाउनको कारणले दैनिक कामकाजमा अस्तव्यस्तताका कारण असामान्य अवस्था सृजना भई दैनिक ज्याला रोजगारीको समस्या, उद्योग धन्दा कलकारखाना बन्द हुनु, अत्यावश्यकीय सामाग्री अभाव हुन आदि कारणले मनोवैज्ञानिक समस्या बढ्दै जाने खतरा हुन्छ । मानिस रोगले भन्दा पनि भोकले मर्ने खतराबाट समेत मनोवैज्ञानिक असर पर्न जान्छ ।
यस्तो अवस्थामा मनोवैज्ञानिक पक्ष समेत दृष्टिगत गरी समग्र लक्षणलाई समेटेर होमियोप्याथिक प्रतिरोधात्मक र उपचारात्मक औषधी सेवन गर्न पाउनु हरेक नागरिकको अधिकारको हो भने उनीहरुलाई औषधी दिनु राज्यको दायित्व पनि हो ।
कोरोना लाग्दैमा मरिन्छ नै भन्ने छैन र कोरोना जस्तै विभिन्न महामारीमा होमियोप्याथी लगायत विभिन्न रोकथाम र नियन्त्रणका उपायहरु सफल भएका छन् । त्यस्ता साधनहरुलाई संयमतापपूर्वक अपनाउँदा सजिलै कोरोनाको व्यवस्थापन गर्न सकिन्छ भने मनोवैज्ञानिक उपचार पनि आवश्यक छ । यसको लागि विज्ञहरुसँगको समन्वयमा सम्वन्धित निकायहरुले बेलैमा सजग भई प्रभावकारी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ । साथै, महामारीको वेला देखिने मनोबैज्ञानिक परिवर्तन र भूकम्प लगायतको आपत–विपदको बेला देखिने मानसिक स्थितिको परिवर्तन, सामाजिक व्यवहारमा देखिने परिवर्तन, संवेगात्मक स्वास्थ्यमा देखा पर्ने परिवर्तनलाई समेत दृष्टिगत गरी होमियोप्याथिक उपचार आवश्यक छ ।
आत्मा, मन र शरीरलाई समेटेर होलिस्टिक एप्रोचका आधारमा होमियोप्याथीले उपचार गर्दछ । होमियोप्याथी चिकित्साले पी. एन. इ. आइ. लाई जोड दिन्छ । पी भनेको मनोवैज्ञानिक, एन भनेको स्नायु प्रणाली, ई भनेको इण्डोक्राइनोलोजिकल आई भनेको इम्युनोलोजिकल सिस्टम हो । यी चारलाई प्रभावित गरी शरीरलाई प्राकृतिक स्वास्थ्य प्रदान गर्न सकिन्छ । र, मनोवैज्ञानिक समस्याहरु देखा परेको छ भने पनि विश्व स्वास्थ्य संगठनको मान्यता पाएका विधि र प्रक्रियाबाट उपलव्ध तथ्य र तथ्यांकहरुको आधारमा अध्ययन, अनुसन्धान गरेर निकालिएका निष्कर्षहरुलाई प्राकृतिक, व्यवहारिक र वैज्ञानिक सिद्धान्तमा आधारित रही होमियोप्याथिक चिकित्साबाट त्यस्ता मनोवैज्ञानिक समस्याग्रस्त वीरामीमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
