-किरण पौडल
जन्मसिद्ध श्रेष्ठता अब एकादेशको कथा बन्यो । आजको खुला र लोकतान्त्रिक समाजमा यसको कल्पना गर्नु निरर्थक हुन्छ । एक लहडी शासकबाट करोडौं जनता शासीत हुनुपर्ने युग अब अन्त्य भएको छ । त्यस्तो अन्धकार युग स् जहाँ नागरीक स्वतन्त्रता थिएन, पारदर्शिता जनताको कल्पनाको परिधीमा मात्र सिमित थियो । जवाफदेहिता, विधिको शासन, जनसरोकार र जनसहभागिता जस्ता शब्द विदेशी पुस्तक र पत्रिकामा मात्र पढ्न र देख्न पाइन्थ्यो ।
राष्ट्र प्रमुखका नामै किटेर हरेक दिन तथानाम बोल्न पनि छुट छ । निर्वाध औंला उठाएर मात्र नपुगेर हुने⁄नहुने गलत शब्दहरु प्रयोग गर्ने पनि अहिले त्यतिकै देखिएका छन् ।
कुनै बेला यस्तो युग थियो जतिबेला भ्रष्टाचार, सुशासन र पारदर्शिताका विषयमा एक शब्द बोल्न र लेख्न पनि पाइँदैनथियो । आवाज मात्र उठाउँदा जेल जानु पर्थ्यो । औँला उठाउँदा ज्यू धन गुमाउनु पर्थ्यो ।
त्यो कहाली लाग्दो त्रासदीपूर्ण अन्धकार युगको अन्त्य यही राजनीतिक व्यवस्थाले गरेको छ । जुन व्यवस्था नै वास्तविक नेपाली जनताले खोजेको र रोजेको व्यवस्था थियो र रहिरहनेछ ।
गरिबी र पछौटेपन, असमानता र विभेद, दमन, शोषण र उत्पीडनले मुलुक र जनतालाई त्राहीत्राही पारिरहँदा शासकहरु जनावरका खुरदेखि मन्दिरका गजुरसम्मका तस्करीमा लिप्त रहे । राज्य र शासकका ज्यादतिका विषयमा आवाज निकाल्नेहरु मर्नु पर्यो । दण्डित हुनु पर्यो ।
अनियमियता, लुट्पाट,मनपरी सबै सहेर निरीह बनी बस्न नागरीक वाध्य थिए । हत्या, हिंसा, अपराध, तस्करी, आर्थिक, चारित्रीक विचलन, हाम्रा शासकको मूल विशेषता बन्यो । नागरिक गुमराहमा रुमल्लिई रहे ।
गरिब र धनी बीचको खाडल बढ्दै गयो । सम्पत्तिको लागि नैतिकता भुल्नेले राष्ट्र जोगाउने कुराको कल्पना गर्नु निरर्थक थियो । नेपाली जनता आजित थिए । जनता सेतो हात्तीलाई सदाको लागि डाँडा कटाउन चाहन्थे ।
अझै सोचे जस्तो परिवर्तन भैरहेको छैन । दमन र शोषणका अवशेष यदाकदा देखिन्छन्, तर मूलभूत रुपमा यसलाई राज्यले वर्जित गरिसक्यो ।
अन्याय, असमानता र बिभेदलाई राज्यले निषेध गरिसक्यो । एउटा ठूलो उपलब्धि हो । हिजो बोल्न पाइँदैन थियो, आज चिच्याउन पाइन्छ । बोल्न पाएपछि ढिलोचाँडो न्याय मिल्छ भन्ने आशा र विश्वास स्वतस्पैदा हुने विषय हो ।
अहिले राजसंस्थाका केही प्रेतात्माहरु भड्किदै बर्बराउँदै गरेको सुनिन्छ । कहिलेकाहीँ ‘त्यती बेला लुटे पनि एउटाले मात्र लुट्थ्यो अहिले धेरैले लुटे’ भनेर अलाप गरेको सुनिन्छ ।
पहिलो कुरा यो चिन्तनमा जो डुबिरहेको हुन्छ र जसले बढी राजसंस्थाको वकालत गरिरहँदा ’लुट’ शब्द बढी उच्चारण गर्छ, उसको दिमागमा नै सत्ता र शक्ति भनेको केवल लुट्नकै लागि हो कुरा सेट भएको छ । उसको स्कुलिङनै त्यो हो कि जहाँ सत्ता, राजनीति यी सबै भनेको पैसा कमाउन र लुट्नकै लागि हो । उसले हिजोका शासकलाई त्यसैगरी देख्यो र बुझ्यो ।
शासकका ओछ्यान तातो बनाए वापत राज्यको अरबाँै मुल्य पर्ने जमिन बक्सिस प्रदान गर्यो । फूल स्याहार्ने बगँैचे महिला ९पुरुषलाई बक्सिस गरेको उदारहण निकै काम सुनिन्छन ० लाई अरबौँको जायजेथा दिएका किस्सा कति छन् कति ।
संसारको जुन सुकै कुनामा जे छ उस्लाई मन परे पछी चाहियो चाहियो । खर्चको कुनै हिसाब किताब नहुने, देखेको आफ्नो हुने, चाहेको आफ्नो हुनुपर्ने, सपनामा देखेको समेत आफ्नो हुनैपर्ने । आर्थिक चारित्रिक हिसाबले यती उदारहण नै काफी होलान किन यसको अन्त्य जरुरी थियो भन्ने बिषयमा ।
माथि उठाइएका विषयमा कोही बोल्न पाउथ्यो त्यती बेला रु कुनै लेखा जोखा थियो कोहीसँग रु यो एउटा परिवारको ज्यादतिको मात्र उदाहरण भयो ।हरेक टोलटोलमा छोटे महाराजहरु थिएनन् र रु जसको सामन्ती सोचमा गरीब, जनहितको भावना हुने कुरा त अकल्पनीय नै हुन्थ्यो । केवल लुट, विलासिता, मोजमस्ती, र राज्य दोहननै मूल लक्ष्य हुन्थ्यो । त्यस्ता फ्रण्टलाइनका छोटे महाराजनै हज्जारौँको संख्यामा थिए,जो लाइसेन्स प्राप्त थिए । उनीहरु माथि कसैले प्रश्न उठाउन पाउँदैन थ्यो ।
त्यती बेला मन्त्री,साहायकमन्त्रीहरु थिएनन् र रुजनता बीचबाट नआएका, सामन्तवाद कै अगुवा ती मन्त्रीहरु जसलाई जनता प्रतीको कुनै विश्वास र जवाफदेहिता थिएन । त्यस्ताले यो देशको ढुकुटी कती लुटेका थिए होलान् । एवं रितमा त्यतिबेलाका अञ्चलाधीश, कर्माचारीतन्त्र थिएनन् र रु अनी अहिले यी सुण्डमुसुण्ड प्रेतात्माले त्यतिबेला एकजनाले मात्रा लुट्ने गर्थे भनेर आँफै भन्दै हिँडेका छन् । अर्थात राजसंस्थाको लुट उनीहरु आफैले स्विकारी सकेको छन् । अनी ति सारा निकायकाहरुले लुट मच्चाउदा चाँही आवाज उठाउने कसले रु नियमन गर्ने कसले रु त्यो भन्दा ठुलो लुटतन्त्र कुनै थियो रु
राजतन्त्रको वकालत गर्दै हिंड्ने,र्याल काढ्दै, भुक्दै हिंडेका एक नम्बर लालचीको झुण्डलेके मात्र बुझे पुग्छ भने तिनका बाउ बाजेले आफ्नो ओछ्यान तताउन जती मुल्य बराबरको राज्यको ढुकुटी र सम्पत्ति दुरुपयोग गरेका थिए अहिलेको व्यवस्थामा कयौँ नेताहरु भ्रष्ट हुँदापनि वा भए पनि समातिने व्यवस्था छ । तिम्रा बाउबाजेको ओछ्यान तताउने शिर्षकको खर्चनै त्यो भन्दा धेरै भारी थियो । कुनै कुल र वंशमा जन्म लिएकै कारण, बिना योगदान र योग्यता उसको सर्बोच्चता स्वीकार गर्नुपर्दथ्यो । अपराध, षडयन्त्र, लुटपाट, तस्करी, दाउपेच दरबारका नित्य कर्म थिए । राज्यसत्तानै अरबौँ अकुत आर्जनको माध्यम बन्ने गर्थ्यो ।
सारा गुप चुप, कसैले दुई शब्द उठाउन नपाउने । भाईभारदार चम्चेहरुको लावालस्करलाई लुटन बाहेक अरु केही ध्यान हुन्थेन । नेपाली जनताले घाटी घांटी भए पछी, हज्जारौको वलिदानी पूर्ण संघर्शको जगमा आजको संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो ।
सिङ्गो विश्व जगतलाई उदाहरण पेश गर्दै महिला सशक्तिकरणको अनुपम उदारहण नेपालको यो व्यवस्थाले प्रस्तुत गरकेो छ । विद्या देवी भण्डारीलाई जब मुलुक ले राष्ट्रपतीको रुपमा पायो अनि चौतर्फी खेदो खन्न सुरु भयो ।
त्यही प्रोटोकल र सेवा सुविधामा रहेका रामवराण यादव राष्ट्र पति हुँदा कुनै मिडियाले केही लेखेनन्, कुनै पार्टी विशेषको हुनु दोस्रो कुरा थियो मुख्य कुरा एउटा जनताको छोरी जनताले चाहेको स्थानमा पुग्नु मूल कुरा थियो ।
सम्बन्ध, परिवारका सबैका आफ्ना आयाम होलान् मूल कुरा त्याग,योग्यता र योगदान प्रधान विषय हो । यो जन्मसिद्द सर्बोच्चता हैन भन्ने कुरा स्थापित गराउने अध्याय थियो ।
अन्धकारमा शासन गरी, जनतालाई पीँजडामा राखेर दाईँ हाल्ने शासकलाई ढालेर जनताको प्रतिनीधीलाई, जनताको छोरा छोरीलाई नै त्यो ठाउँमा र्पुयाउनु पर्छ भन्ने बंशकै आधारमा अपराधीहरुको समेत सर्बोच्चता कायम रहने र उनिहरुबाट शासित हुनुपर्ने दिनको अन्त्य गर्दै जनमतको आधारमा एउटा जनताको छोरो या छोरी यो देशको प्रमुख ब्यक्ती हुन पाउने अधिकारका लागि लडिरहेका हाम्रो थुप्रै अग्रजको वलिदानीपूर्ण संघर्षको उपलब्धी हो यो । जहाँ हरेक नागरिकले आफ्नो योगदान र योग्यताका आधारमा राज्यका सबै तहको नेतृतवमा आफूलाई स्थापित गर्न सक्छ ।
यो व्यवस्थाबाट प्राप्त प्रोटोकलहरु, सम्मानहरु कुनै ब्यक्ती विशेष भएको कारणले, कुनै पार्टी विशेषको भएको कारणले तय भएका हैनन् । जनताको छोरोछोरीलाई जनताले गरेको सम्मानको व्यवस्था हो । जुन ठाउँमा केही दिन अघी जो थिए, आज छैनन् । आज भएका भोली अनन्त रहने छैनन् र त्यहाँ फेरी हाम्रै गाउँबस्तीबाट कुनै जनप्रतिनिधि जनभावनाको प्रतिनिधित्व गर्दै आउने छन् ।
यो व्यवस्था, लोकतान्त्रिक गणतन्त्र कुनै व्यक्ति विशेषका लागि हैन, आम जनताका लागि हो । यसरी हामी जन्मसिद्द सर्बोच्चताबाट नागरिक सर्बोच्चताको युगमा प्रवेश गरेका छौ । अपारदर्शी र अन्धकार र निरंकुशताबाट पारदर्शी, उज्यालो र स्वतन्त्र युगमा प्रवेश गरेका छौँ ।
यो लोकतान्त्रिक गणतन्त्र तपाईंका लागि हो, हाम्रा लागि हो । आम गरीब किसान भूमिहीन सर्वाहारा तमाम नागरीकले प्रतिनिधित्व गर्न पाउने र समान अधिकार भोग गर्न पाउने उज्यालो युग हो । यसलाई मजवुत बनाऊँ, चिहानको हड्डी खोतलेर रजांई गर्न पाउने दिवा स्वप्नमा वहकिँदै अराजकताको भूत सवार प्रेतात्माहरु ,राजसंस्थाको नाममा अस्थिरता र अराजकता मच्चाउन खोज्नेको सुँढ लतार्दै र दाह्रा,नङगरा भाच्दै अगाडी बढौं । गणतन्त्र दिवशको हामी सबैमा हार्दिक शुभकामना ।
