- कमल चाैलागाईं
२१ Feb मा रुसले युक्रेन का सन २०१४ देखि स्वतन्त्र हुने संघर्ष गरि रहेका २ गणराज्य Donetsk र Luhansk लाई स्वतन्त्र देशको मान्यता दियो । ३ दिन पछि २४ Feb २०२२ मा रुसले युक्रेन माथि आक्रमण गर्यो।
२ देश बिच भएको भिषण युद्धका कारण ४० लाख नागरीकले युक्रेन छाडे । जसमा २२ लाख पोलेण्ड मा , ५लाख ७२ हजार रोमानिया मा ,३ लाख ७६ हजार मोल्दोभा मा ,३ लाख ३६ हजार हंगेरि मा ,२ लाख ६४ हजार स्लोभाकियामा ,२ लाख ७१ हजार रुसमा ,६ हजारले वेलारुस मा शरण लिएका छन्।
युद्धको कारण -
ईसं १९४५ को दोस्रो विस्व युद्धको समाप्ती पछि सोभियत संघको पक्षमा युरोप तर्फको विस्तारलाई रोक्न अमेरीकी नेतृत्वमा ईसं १९४९ मा १२ देश मिलेर NATO (North Atlantic Treaty Organisation) नामक सैन्य गठवन्धन बनाइयो। जसमा वेल्जियम, क्यानाडा, डेनमार्क ,फ्रान्स ,आइसलैण्ड ,इटाली ,लक्जमवर्ग ,नेदरलैन्ड ,नर्वे ,पोर्चुगल ,वेलायत ,अमेरीका सामेल भए। ईसं १९५२ मा गृस र टर्की, ईसं १९५५ मा पश्चिम जर्मनी, ईसं १९८२ मा स्पेन सामेल भए।
ईसं १९९० मा सोभियत संघको विघटन भए पछि पूर्वी युरोप र सोभियत संघबाट टुक्रेका देशलाई NATO मा सामेल गर्ने प्रकृया तिव्र भयो। ईसं १९९९ मा चेकोस्लोभाकिया ,हंगेरी र पोलैण्ड सामेल भए ।
ईसं २००४ मा वुल्गेरिया ,इस्टोनिया, लात्भिया, लिथुआनिया ,रोमानिया, स्लोभाकिया र स्लोभेनिया सामेल भए। ईसं २००९ मा अल्वानिया र क्रोयसिया सामेल भए। ईसं २०१७ मा मोन्टेनेग्रो र ईसं २०२० मा उत्तरी मेसोडोनिया समेत हालसम्म ३० देश NATO मा सामेल भै सकेका छन।
सोभियत संघ को विस्तार रोक्न गठन भएको NATO लाई सोभियत संघ र उसको सैन्य गठबन्धनको WARSA PACT विघटन भै सक्दा पनि यसको उल्टै विस्तार गर्नुको औचित्य देखिदैँन। रुसको सुरक्षासँग हरेक दृष्टीले संवेदनशील रहेका देश युक्रेन र जर्जियालाई NATO मा सामेल गराउने अमेरीकी योजनाले गर्दा रुसले आफूलाई घेराउ गरिएको सम्झिएर त्यस्लाई रोक्ने भर मग्दुर प्रयास गर्दा पनि असफल भयो ।
ईसं २०१४ Feb मा रुस पक्षधर राष्ट्रपति भिक्टर यानुकोभिचलाई आन्दोलनद्वारा अपदस्थ गरे पछि अमेरीका परस्त रास्ट्रपति ल्याएर युक्रेनलाई NATO मा हाल्ने षडयन्त्र तिव्र भयो। जसले गर्दा रुस - युक्रेन सम्वन्ध द्वन्द्वमा फेरियो। जसको परिणाम कृमिया युक्रेनबाट अलगियर रुसमा सामेल भयो।
Donetsk र Luhansk दुइ गणराज्य युक्रेनबाट अलगिए। ईसं २०१९ अप्रिलको चुनावबाट कमेडी आर्टिष्ट भोलोदिमिर जेलेन्स्कि राष्ट्रपती वने पछि उहाँले भड्काएको रुस विरोधी भावना र NATO मा सामेल हुने तिव्र आकांक्षाले गर्दा रुस - युक्रेन सम्बन्ध युद्धमा भड्किन गयो । युक्रेनले कुनै पनि सैन्य गठबन्धनमा नजाने र रुसले पनि युक्रेनको सिमाना र सार्वभौमिकतालाई स्विकार्ने विगतको Minsk Accord जस्ता सम्झौताको अवमूल्यन गर्ने काम युक्रेनले नै गरेको देखिन्छ।
रुसी राष्ट्रपती भ्लादिमिर पुटिनको या त रुसको " सुरक्षा ग्यारेन्टी " गर या त युक्रेन लाई NATO मा सामेल नगराउ भन्ने मागलाई अमेरीका ले उपेक्षा गरेको देखिन्छ। जसको कारण दुइ देश बिच युद्ध भड्किन पुग्यो।
रुस - युक्रेन तुलना :-
(क) रुस- क्षेत्रफल १ करोड ७० लाख ९८ हजार वर्ग किमि / जनसंख्या १४ करोड ४० लाख
(ख) युक्रेन- क्षेत्रफल ७लाख ३ हजार ५५ वर्ग किमि / जनसंख्या ४ करोड ४० लाख ।
आर्थिक तुलना:-
(क) उक्रेन - प्रमुख निर्यात वस्तु गहुँ, मकै, तेलहन, फलाम, ग्यास, पेट्रोलियम हुन् । युक्रेनले निर्यात गर्ने प्रमुख देशहरुमा रुस( $ ४. ६९ अर्ब ), चीन ($ ३ .९४ अर्ब), जर्मनी ($ ३. ०८ अर्ब), पोलेण्ड ( $ २ . ७५ अर्ब), इटाली ($ २.५७ अर्ब) रहेका छन्।
(ख) रुस - ग्याँस रिजर्व ४८,९३८ अर्व क्यु मिटर / क्रुड आयल ८० अर्व व्यारेल । युक्रेन - ग्यास रिजर्व ३४९ अर्व क्यु मिटर / क्रुड आयल ३९.५ करोड व्यारेल ।
(ग) क्रुड आयल निर्यातक देश ईसं २०१९ मा - साउदी अरव $१४५ अर्ब / रुस $ १२३ अर्ब / इराक $७३.८ अर्ब / क्यानाडा $ ६७.८ अर्ब / अमेरीका $ ६१.९ अर्ब ।
(घ) हतियार बेच्ने दोस्रो ठुलो देश रुस हो। रुसबाट हतियार किन्नेमा - इन्डिया $६.५ अर्ब/ चीन $ ५.१ अर्ब/ अल्जेरिया $ ४.२ अर्ब/ इजिप्ट $ ३.३ अर्ब/ भियतनाम $ १.७ अर्ब ।
सैन्य शक्ति तुलना:-
(क) सेना - रुसमा ९ लाख / युक्रेनमा २ लाख ९ हजार
(ख) जगेडा शक्ति- रुस २० लाख/ युक्रेन ९ लाख
(ग) आर्टिलरी - रुस ७५७१ / युक्रेन २०४० /
(घ) आर्मर्ड भेहिकल - रुस ३०,१२२ / युक्रेन १२,३०३
( ङ) ट्यान्क - रुस १२,४२० / युक्रेन २,५९६
(च) एटेक हेलेकप्टर- रुस ५४४ / युक्रेन ३४
(छ) लडाकु विमान- रुस १५११ / युक्रेन ९८
(ज) सैन्य खर्च- रुस $ ६१.७ अर्ब डलर/ युक्रेन$ ५.९ अर्ब डलर
(लेखक नेकपा एमाले पाेलिटब्युराे सदस्य हुनुहुन्छ)
