-भेषराज दाहाल-
नागरिक बिधेयक पास नहुनु मधेस सँग जोडन खोज्ने दलाललाइ मधेशले जबाफ दिइ सकेको छ । नेपाली राष्ट्रियता मधेस र पहाडमा फरक हूदैन । नागरिकता राष्ट्रियतासँग जोडिएको बिषय भएकोले नश्लबादी राजनीति नमिसाए हुन्छ । स्वार्थि जमात जम्मा भएर गर्न लागिएको राष्ट्रघातलाई जन चाहना र राष्ट्रहितका लागी निस्तेज बनाएको मात्र हो ।
नेपाली नागरिकता नियामानुसार नेपालि नागरिकले पाउने अधिकार कसैले बञ्चित गरेको छैन र गर्न मिल्दैन । मुलुकको बिध्यमान कानुनले निर्देशन गरेको अंगिकृतको सिमा नाघेर देशको अस्तित्व माथि खेल्ने प्रपन्च निस्तेज बनाइएकोमा राष्ट्रघातीहरुको निद हराम हुनु नौलो बिषय होइन ।
प्रभुमा खेतालाको अदालत जाने हुँकार सुनिन थालिएको छ तर जनताले राष्ट्रपतिको कदमको भब्य स्वागत गरेका छन । निर्बाचन नजिकिदै जाँदा जनविरोधी शक्तिले राष्ट्रघाती गठबन्धनद्वारा यस्का दायरा बढाउँदै लान थालिएको छ । राष्ट्र हित विपरितका निर्णय गर्दै अदालतबाट सुनपानि छर्केर चोख्याउने कुटिलचाल चाल्ने गठबन्धनको तमासुक सार्बजानिक भै सकेको छ । लोकतान्त्रिक व्यवस्थामा निर्वाचन द्वारा जनताको जनमत बाट शासन गर्ने होइन अदालतको परमादेशबाट शासन सत्ता हत्याउने दुषित मनसाय गठबन्धनमा ब्याप्त रहेको सहजै बुझ्न सकिन्छ ।
मुलुकलाइ अस्थिरतामा धकेल्दै बाह्य आदेश र निर्देशनमा जनतामाथि शासन गर्न गठबन्धनका बिभिन्न स्वरुप अगाडि देखापर्न थालेका छन् । केहि थान कानुन व्यवसायी र बिदेशी खेतालाहरुका रायद्वारा संचालित सरकार निरंकुशता तर्फ आँखा चिम्लेर दौडेको छ । भ्रमको खेती गरेर हुर्केका पित पत्रकारिताका महारथि मिडियाहरुको भुमिकाले समग्र राजनितिलाइ तरंगित पार्न कोशिष गरिरहेको छ ।
नेकपा एमालेलाइ बदनाम गर्न अनर्गल प्रचारमा पटुका कसेर लागेका मिडियाहरुप्रति जनताको विश्वासहराउदै गएको यथार्थ जीबित छ । त्यस्ता मिडियाहरु जस्ले देश जनताको हितमा कलम नचलाएर गठबन्धनको गीतमा नाच्नेगरेका छन । सत्यलाइ लुकाउने प्रयासमा पित पत्रकारिताका मसिहा मिडिया हाउस, गठबन्धन र कथित डलरे नागरिक समाज को एकैपटक समुल अवसानको अबस्था आउन सक्छ ।
हिजो संबिधान जलाएर आज अधिकार खोज्ने बहुरुपिलाई काँधमा बोकेर बिद्रोहको धम्कि दिनु नागरिकलाइ चुनौति होइन ? यदि राष्ट्रियताको पक्षमा उभिदा राष्ट्रपतिले राजिनामा दिनुपर्ने नै हाे भने यो मुलुकलाई द्वन्दको भाषमालगेर बर्षौंसम्म अराजकता फैलाउनेलाइ फाँसीको माँग जनताद्वारा किन नगर्ने ? जातिय र नश्लिय बिष घोलेर समाज बिखण्डन गर्न खोज्ने धार्मिक र सामाजिक सन्तुलन बिगार्ने तत्वलाइ जनताले किन दण्डित नगर्ने ?
न्यायिक फैसला अब जनताले गर्ने बेला आएको छ । जनतालाइ साच्चिकै फैसला सुनाउन बाध्य पारियो भने भ्रष्टचारी र राष्ट्रघातीहरुका घरघरमा, तिमिहरुका सन्तान र नातेदार सबैका घरमा देशद्रोहिको परिचयपाटी झुण्याउन बाध्य हुनेछन् ।
राजनितीले समाज शुध्दिकरण गर्नेहो, राष्ट्र को गौरब र समृद्धि बढाउने हो । राजनीति लाइ दुरुपयोग गरियो भने परिणाम अकल्पनिय हुन सक्ने कुरा कसैले टार्न सक्दैन। निषेधको राजनिती ले गठबन्धन लाइ कहाँ लैजाने हो यस्को हिसाबकिताब भविष्यले बताउँने नै छ ।
