-भविन्द्र घिमिरे-
पुष्पलाल, बीपी कोइराला र मदन भण्डारीमा एउटा गज्जबको समानता देखिन्छ । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्र तयार पार्दै गर्दा, बीपीले प्रजातन्त्रिक समाजवादको विचारधारा अगाडि बढाउँदै गर्दा र मदन भण्डारीले नेपाली धर्तीमा मार्क्सवादको सृजनात्मक प्रयोगको रूपमा जनताको बहुदलीय जनबाद (जबज) को नयाँ विचारधारा बहसमा ल्याउँदै गर्दा तीनै जना युवा उमेरका थिए । उनीहरूले अगाडि सारेका विचारधारा आज थप परिष्कृत भएका छन् वा कुन अवस्थामा छन् ? यसको विश्लेषणात्मक पाटो बेग्लै छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर प्रगतिशील सुधार मार्फत देशमा आमूल परिवर्तनको मार्ग सुनिश्चित मार्क्सवादको सृजनात्मकताको एउटा रूप जन–जनले अनुभूत गर्ने गरी स्थापित भयो ।
देशमा देखिन थालेको सिद्धान्त र व्यावहारिक शून्यताको भुमरीलाई चिर्न जबजले के–कस्ता औजार प्रदान गर्दछ ? आदि सवालमा वैचारिक तथा सैद्धान्तिक बहसको खाँचो छ। यो बहस सञ्चालन गर्ने र नयाँ उचाइमा जबजलाई परिष्कृत गर्ने अभिभारा विशेषतः नयाँ पुस्ताकै काँधमा छ ।
अलिकति स्मरण गरौ, मदन भण्डारीका २७ बुँदाकोले के भन्छन,
२७ बुँदाको सार थियो, ‘सार्वभौमसत्ता जनताको हातमा रहेको स्पष्ट किटान हुनुपर्छ, एउटा व्यक्ति अर्थात् राष्ट्रियता र जनएकताको प्रतीक हुन सक्दैन, ऊ संविधानको एकल संरक्षणकर्ता हुन सक्दैन, सार्वभौम अधिकार भएका जनता मात्र त्यसका संरक्षक हुन सक्दछन्, राजा पूर्ण रूपमा संविधानको मातहत हुनुपर्छ, राजा र राजपरिवारको सम्पत्तिमा पनि नागरिकसरह कर लाग्ने व्यवस्था गरिनुपर्छ, राजाका तजबिजी र विशिष्ट अधिकार पूर्णतः हटाउनुपर्दछ, राजाले संविधान विपरीत काम गरेको खण्डमा महाअभियोग लगाउन पाइने अधिकारको व्यवस्था गरिनुपर्छ, देश धर्मको सवालमा निरपेक्ष हुनुपर्छ, सबै भाषालाई समान व्यवहार गर्न नेपाली भाषालाई राजकीय वा सरकारी कामकाजको भाषा मात्र मान्नुपर्छ, ‘श्री ५’ हटाएर नेपाल सरकार भन्ने व्यवस्था हुनुपर्छ, शाही सेना भनिएको ठाउँमा नेपाल सेना भन्ने व्यवस्था हुनुपर्छ, सरकारी सार्वजनिक संस्थान र निकायहरू सबै ठाउँमा रहेको शाही शब्द हटाउनुपर्छ, संविधान सर्वोपरि हुनुपर्छ, संविधानको स्रोत जनता हुनुपर्छ, सेना र प्रहरी शक्ति जनप्रतिनिधि सभाको हातमा हुनुपर्छ, संविधानमा देशका सबै जाति, भाषा, धर्म र संस्कृतिको पूर्ण समानताको ग्यारेण्टी गरिनुपर्छ, मौलिक अधिकारहरूको निर्बाध रूपमा ग्यारेण्टी गरिनुपर्छ।’ उल्लिखित थुप्रै जनसवाललाई मदन भण्डारीले बहुतै सचेततापूर्वक सूत्रबद्ध गर्नुभएको थियो । जनताको दैनिकी सुधार्न र जीवनयापनमा आमूल परिवर्तन ल्याउन संविधान कामयाबी बन्न सक्यो भने मात्रै यो जनताको अमूल्य सम्पत्ति बन्न सक्दछ।’
बालेन, हर्क र रविको बिचमा के छ नयाँ ? के राजनीति छ ? के उनीहरूको विचारबाट परिवर्तन सम्भव छ ? आजको दिनमा आम जनतामा नयाँ आशा जगाउन सफल छन् त ?
देशमा देखिन थालेको सिद्धान्त र व्यावहारिक शून्यताको भुमरीलाई चिर्न जबजले के–कस्ता औजार प्रदान गर्दछ ? आदि सवालमा वैचारिक तथा सैद्धान्तिक बहसको खाँचो छ। यो बहस सञ्चालन गर्ने र नयाँ उचाइमा जबजलाई परिष्कृत गर्ने अभिभारा विशेषतः नयाँ पुस्ताकै काँधमा छ ।
एकातर्फ दस्ताबेजमा दलाल पुँजीपतिसँग जनताको प्रधान अन्तर्विरोध रहेको उल्लेख गर्ने अर्कोतर्फ व्यवहारमा दलाल पुँजीवादकै शरण पर्ने तरिकाले उत्पादनशील राष्ट्रिय पुँजीको निर्माण कसरी सम्भव छ ? यस्ता तमाम विरोधाभासको तार्किक समाधानको लागि नयाँ पुस्ताको चासो र पहलकदमी अत्यावश्यक छ। पहलकदमी विना परिणाम निस्कँदैन र परिणाम विना परिवर्तन मापन हुन सक्दैन। राजनीतिक परिवर्तन हुँदैमा स्वतः सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तन हुँदैन। त्यसका लागि पहलकदमी र प्रतिस्पर्धामा श्रेष्ठताको ‘मदन सूत्र’ लाई नयाँ पुस्ताले अँगाल्नै पर्दछ।
अरूको विचारको सम्मान गर्न नसक्ने फरक विचार भयकोलाई झोले भनेर उछित्तो लिने प्रवृत्तिले हामीलाई कुन बाटोमा लैजाँदै ? आम युवाले खोजेको संस्कारको राजनीति यहाँ बाट सम्भव छ त ? यिनै प्रश्नहरूको बिचमा सबै दलमा युवाको नेतृत्व जबरजस्ती स्थापित गर्नु आजको आवश्यकता रहेको छ । केही प्रश्नहरू छन् जसले आजको समाजवादका लागि उत्प्रेरणात्मक काम गर्दछन् ।
राष्ट्रियता
राष्ट्रिय राजनीतिमा विशेषतः कम्युनिस्टहरूलाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न मदन भण्डारीको महत्त्वपूर्ण योगदान छ। टनकपुर परियोजना सम्बन्धी सम्झौता बारे २०४९ चैत २४ मा प्रतिनिधिसभामा उहाँले व्यक्त गरेको धारणा यसको एउटा ज्वलन्त उदाहरण हो ।
जुन सम्बोधनमा उहाँले ‘२.९ हेक्टर जमिन त के ! एकइञ्च जमिन कसैलाई दिने छुट न सरकारलाई छ, न त संसद्लाई नै’ भनी सरकार र संसद् दुवैलाई खबरदारी गर्नुभएको छ। यस्तो खबरदारी उहाँले राष्ट्रका ज्वलन्त मुद्दाहरूमा दर्जनौँ पटक गर्नुभएको छ। राष्ट्रभक्ति, देश प्रेम र स्वाधीनताको भावले ओतप्रोत उहाँका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्। देश संकटमा पर्दा बिपीले राष्ट्रको माटो छोएर कसमखाने कुराबट पनि पाउन सकिन्छ ।
‘सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्दछ ।’
गुम्दै गएको आत्मनिर्भरता
आफ्ना छोराछोरीहरू विदेश लखेटेर विदेशीले दिएको पैसाले अन्न किनेर खानुभन्दा यहीँ आफ्नै हातले उब्जनी गर्नुपर्छ,। यहीँ माटोमा आफैँले हात नलगाएसम्म देश बन्दैन भन्ने उनको राष्ट्रवादी विचारमा शतप्रतिशत सहमत। हामी लोकतान्त्रिक पार्टीहरूले थुप्रै कार्यकर्ता बनायौँ, लाठीमुंग्रा चलाउनेदेखि गोली चलाउने होनहार क्रान्तिकारी योद्धाहरूको निर्माण गर्यौँ। नेताहरूको हितको लागि एउटालाई खुइल्याउने, अर्कोलाई उचाल्ने पछार्ने, छिर्कानि हाल्ने, त्यस्तै गरी बोल्ने लेख्ने थुप्रै विद्वानहरू पनि जन्मायौँ। तर इमानदार भएर आफ्नो माटोमा पसिना बगाउने, आफ्नै बारीबगैंचा स्याहार्ने र उत्पादन गर्ने उद्यमशील शक्ति निर्माण गर्नै सकेनौँ ।
श्रमको परिचालन र विकासमा अपनत्व
सहकारी श्रम हाम्रो पुरानो संस्कृति हो। हाम्रो समाजवादको बाटोसमेत सहकारी श्रम, साझा उद्यम र उत्पादन एवं नियन्त्रण नै हो। जुन हामी कुरा मात्र गर्छौ, काम गर्दैनौँ। पुँजीवादी समाजमा एकल उत्पादन, एकल नाफा र नियन्त्रण हुन्छ । पुँजी लगानीको संस्कृति विकास नभइसकेको देशमा समाज निर्माणको आधार पनि सहकारी श्रम नै हो। जहाँबाट हाम्रा भावना अन्तर घुलित हुन्छ र त्यो भावनाले साझा संस्कृति र राष्ट्रियताको निर्माण गर्दछ। तर अहिले हाम्रा योजना ठेकेदारी प्रथाबाट परिचालित छन् । यसो हनुको कारण आम रूपमा भ्रष्ट्राचार बढ्दो छ । युवाहरू विकाससँग जोडिन सकेका छैनन् । विकासमा अपनत्व कायम हुन सकेको छैन । यी कुराहरूको आत्मसमीक्षा नेताहरूले गर्न जरुरी छ ।
गरिबी हटाउन चुकेको राज्य
राज्यले गरिबीलाई हटाउन आफैँभित्रबाट विकल्प खोज्न सकेको छैन। बरु नागरिक रोजगारी खोज्न विश्वव्यापीकरणको आगमनपछि श्रमका लागि विदेश पठाउन सहजीकरण गरिदिएको छ। राज्यले मानवीय पुँजीलाई उत्पादन र आम्दानीको रूपमा मुलुकका लागि प्रयोग गर्न सकेको छैन । तर, राज्य विदेशबाट पठाएको रेमिट्यान्सबाट प्राप्त हुने आम्दानीमा मक्ख परिरहेछ। उक्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानीको स्रोत बनाउन नसक्नु दुःखको विषय हो । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा उस्तै रह्यो । यसको मुख्य जिम्मा विगतका सरकार र पार्टीहरूले लिनुपर्छ कि पर्दैन ?
लोकप्रियताको प्रतिस्पर्धा
पछिल्लो पटक पार्टीहरू र नेतृत्व वर्ग लोकप्रिय हुने दौडमा देखिन्छन्। उनीहरूमा आफूलाई अरूभन्दा भिन्न भएर वा राम्रो काम गरेर जनताको मन जितेर सत्तामा पुग्ने चाहना छैन। अरूलाई असफल बनाउने, जालझेल, नातावाद, कृपावाद र लोक रिझाइमा अभ्यस्त भई पुरानै शैली कायम गर्ने पक्षमा भएकाले द्वन्द्व देखिएको हो । प्रत्येक दलहरूको आनीबानी मिल्नु, जुट्नु, फुट्नु र फेरि सत्ता–शक्तिका लागि एक हुनु सामान्य चरित्र बनेको छ । उनीहरूलाई के थाहा छ भने पार्टी सञ्चालन गर्न प्रशस्त पैसा चाहिन्छ। पार्टीलाई चलायमान राख्न समाजमा वर्गीय, जातीय, धार्मिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चर्काउनु उचित हो भन्ने मानसिकता तिनमा छ। दलहरूका यस्ता हर्कतले जनताले संकटको सामना गर्नु परिरहेको छ। जसको परिणाम जनतामा संघीयताप्रति असन्तुष्टि देखिएको हो। परिणामतः केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीनै तहको सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।
अहिलेको नेतृत्वमा समस्या
केही मान्छेहरू भन्छन् ‘नेपालमा न कम्युनिष्ट छन् न समाजवादी’ तर, नेपालमा कम्युनिष्ट वा समाजवादको ब्रान्ड भने बलियो छ । त्यही ब्रान्डको मूल्य बढाउन हिजो एमाले र माओवादी मिले । त्यो उन्नत राजनीतिका लागि भएको एकता थिएन, थियो फगत सत्ता आर्जन गर्ने रणनीति । आज मोर्चा बनाउँदा पनि कुरा त्यही हो । मिल्नु निश्चय नै राम्रो हो । एकीकरणले राम्रै गर्छ । तर, आलोचना छ कि यो विचारको एकीकरण होइन । यो आन्दोलनको सम्मिलन होइन । यो भविष्यमुखि छैन । यो फगत सत्ता स्वार्थको अंकगणित हो । समाजवादलाई सत्ता षड्यन्त्रको अर्थमा मान्छेहरूले बुझ्दै जाँदा यसको वैचारिक जग र गम्भीरता कहाँ पुग्ला ? अवश्य नै माथिका अनेक प्रश्नको जवाफ घनश्याम भुसाललगायत मोर्चामा आशा गरिएका नेताले खोज्नै पर्छ । अन्यथा पुरानै भाष्यमा रमाउने हो भने, त्यो मात्र समयको सत्यानाश हुन्छ, त्यसले समाजवाद बन्दैन । समाजवादी मोर्चा घोषणा भएको दिन कमरेड झलनाथ खनालले प्रधान शत्रुको हो भनेर प्रश्न गरे । राजनीतिका लागि एउटा शत्रु निर्माण गर्ने र त्यही शत्रुसँग निरन्तर संघर्ष गरेर समाजवादको मृगतृष्णामा रमाउने यो पुरानो भाष्य हो । जस्तो हिजो कसैले अमेरिकालाई प्रधान शत्रु बनाए, कसैले भारतलाई । कसैले साम्राज्यवाद भने, कसैले विस्तारवाद र कसैले सामन्तवाद ।
आजको समाजवाद
अतः आजको समाजवाद प्रधान शत्रु खोजेर, त्यससँग निरन्तर संघर्ष गरेर नभई सामाजिक प्रवर्गहरूको एकता, सम्मिलन र रूपान्तरणको खोजी गरेर बन्छ । हिजो वर्ग संघर्ष समाजवादको प्रारम्भ थियो । आज सामाजिक एकताबाट ‘सिनर्जी’ निर्माण गर्ने र सबै मिलेर समाजवादमा जाने बहस सुरु भएको छ । यद्यपि, सामाजिक आर्थिक समस्याहरू हाम्रा शत्रु हुन्, तिनीहरूको समाधान आवश्यक छ ।
हिजो समाजवाद निर्माणको साधन कम्युनिस्ट पार्टी र सर्वहारा वर्गलाई मानियो । कम्युनिस्टहरूका लागि समाज भनेको मात्र मजदुर किसान थिए,। अरू सबै समाजवादका शत्रु भनियो । तर आजको अवधारणाले भन्छ, आम रूपमा राज्यसत्ताको शत्रु कोही हुँदैन । न व्यापारी शत्रु हुन्छ, न उद्योगपति । आज सबै जनता राज्यका समान हिस्सेदार हुन्। आज ती सबैको आलोचना र स्वामित्वबाट राज्यसत्ता गतिशील हुन्छ । यो अर्थमा हिजो कम्युनिस्टहरूले भनेको समाज र आजको समाज फरक छ । जब समाज फरक हुन्छ त समाजवाद पनि फरक भइहाल्छ । हो ,यही नवीनता मदन भण्डारीको बहुदलीय जनवादमा छ ।
रविले माथिबाट नै सुशासनको लागि हिट गरिहेका छन् । उता हर्कले श्रमबाट खाम परिवर्तन तथा विकासको मोडल अघि बढाउँदै छन् । नेकपा एमालेले ल्याएको आफ्नो गाउँ आफै बनाऔँ कार्यक्रमबाट पछि हट्याे, अब हर्क तेही मोडलमा छन् । विविध विचारको सयोजनको अभावमा कतै व्याक्तिवाद हावि हुँदै पृयतावादको चपेटामा नेतृत्व रुमलिएर फेरी पनि आम नागरिकलाई हात्ती आयो ,हात्ती आयो फुस्सा त हुँदैन ।
आज समाज र व्यक्ति अन्तरसम्बन्धसित छन्। आज समाजको कुरा गर्दा व्यक्ति आउँछ, व्यक्तिको कुरा गर्दा समाज । व्यक्तिगत स्वतन्त्रता र सामाजिक एकतालाई सन्तुलित नगरी आजको समाजवाद बन्दैन । अतः व्यक्तिलाई एक महत्त्वपूर्ण एकाइको रूपमा समृद्ध बनाउने काम आजको समाजवादका लागि निकै महत्त्वपूर्ण छ । व्यक्तिलाई समृद्ध बनाउने भनेको उसको पूर्ण स्वतन्त्रता र आर्थिक सामाजिक न्यायको सुनिश्चितता हो । यही कुरा बिपीको समाजवादमा छ ।अर्कोतिर, हाम्रो समाज आफैँमा बहुलवादी छ । जात, धर्म, रङ्ग, भाषा, क्षेत्रको यो विविधतालाई एकताबद्ध गर्न र सामूहिकतामा ढाल्न आजका समाजवादीले सोच्नुपर्ने कुरा हिजोजस्तो (मात्र वर्गीय) सजिलो छैन । के यस्तो विविधतालाई जोड्ने मोर्चासँग कुनै सिर्जनात्मक खाका छ ? विविधतालाई जोड्ने धागो विना आजको समाजवाद किमार्थ बन्दैन । यहीँनेर प्रचण्ड चुकेका छन् ।उनको जातीय पहिचानको राज्यको परिकल्पनाले समाज विघटन तिर जान्छ । समृद्ध बन्दैन ।
व्यक्तिको स्वतन्त्रता, सामाजिक एकता
सम्पूर्ण रूपमा व्यक्तिको स्वतन्त्रता, सामाजिक एकता र साझा समृद्धिलाई सुनिश्चितता समान विकासको अवसर र सन्तुलित गर्ने व्यवस्था नै आजको समाजवाद हो । यो राज्यको नियन्त्रणबाट होइन बरु राज्यको नियमन र उत्प्रेरणाबाट बन्दछ । यो सर्वहाराले बनाउने समाजवाद होइन । यसमा सम्पूर्ण जनताको प्रत्यक्ष संलग्नता रहन्छ । जनताले बनाउने समाजवाद सङ्कुचित र सर्वसत्तावादी हुँदैन । यो मानवीय हुन्छ । किनभने समाजवादले जनतालाई सिद्धान्तको हतकडी लगाउन हुँदैन बरु स्वतन्त्रताको खुल्ला आकाश दिनुपर्छ । यस्तो आकाश जहाँबाट संसारको सबैभन्दा सुन्दरम् सभ्यताको दर्शन मिलोस् ।
आजका पार्टीबाट जनताले डेलिभरी चाहन्छन् । सिद्धान्तबाट प्रशिक्षित गर्ने हो ।जनताको समस्या समाधानबाट संगठित बनाउने हो । यही आजका युवाले चाहन्छन् । यही उद्देश्य लिएर आम युवा एक बन्नु आजको आवश्यकता हाे ।
नयाँ दल र विचार
बालेन हर्क र रविको बिचमा के छ नयाँ ? के राजनीति छ ? के उनीहरूको विचारबाट परिवर्तन सम्भव छ ? आजको दिनमा आम जनतामा नयाँ आशा जगाउन सफल छन् त ? विचार फरक, काम गर्ने तरिका फरक र परिणाम फरक आउन काम पनि फरक तरिकाले गर्नुपर्छ । बालेनले सोफिस्टीकेटेड समाजमा रहेर वा मत लिएर निम्न वर्गका लागि काम गर्न खोजेका छन् ।
रविले माथिबाट नै सुशासनको लागि हिट गरिरहेका छन् । उता हर्कले श्रमबाट खाम परिवर्तन तथा विकासको मोडल अघि बढाउँदै छन् । नेकपा एमालेले ल्याएको आफ्नो गाउँ आफैँ बनाऔँ कार्यक्रमबाट पछि हट्याे, अब हर्क त्यही मोडलमा छन् । विविध विचारको संयोजनको अभावमा कतै व्यक्तिवाद हाबी हुँदै प्रियतावादको चपेटामा नेतृत्व रुमलिएर अब फेरी पनि आम नागरिक हात्ती आयो, हात्ती आयो फुस्सा त हुँदैनन् ।
अरूको विचारको सम्मान गर्न नसक्ने फरक विचार भएकालाई झोले भनेर उछित्तो लिने प्रवृत्तिले हामीलाई कुन बाटोमा लैजाँदै छ ? आम युवाले खोजेको संस्कारको राजनीति यहाँबाट सम्भव छ त ? यिनै प्रश्नहरूको बिचमा सबै दलमा युवाको नेतृत्व स्थापित गर्नु आजको आवश्यकता रहेको छ । केही प्रश्नहरू छन् जसले आजको समाजवादका लागि उत्प्रेरणात्मक काम गर्दछन् ।
पहिला, के आजको राजनीतिक तथा शासकीय संरचनालाई जस्ताको तस्तै राखेर समाजवाद बन्छ ? बन्दैन । के आजको दलीय संरचना जस्ताको तस्तै राखेर र अन्तरपार्टी लोकतन्त्रको हुर्मत लिएर समाजवाद बन्छ ? बन्दैन । आजको समाजवाद कम्युनिष्टहरुले बनाउँछन् कि त्यसका लागि छुट्टै समाजवादी संगठनको आवश्यकता पर्छ ? अलग संगठन आवश्यक पर्छ । समाजवाद राज्यको चरित्र बदल्ने प्रयत्न हो भने, अहिले जे छ, त्यसलाई रंगरोगन गरेर मात्र समाजवाद बन्छ ? बन्दैन ।
(लेखक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
