-दयालबहादुर शाही-
कसैले छाडे गद्दी र दरबार जनताले खेदेर कसै त्यागे ज्यादती आफ्नो जनताले न्याँकेर । कोही भए आज सांसद र मन्त्री लभलेटर लेखेर कोही छन् आज नगरप्रमुख चरेस माडेर ।। भकारी रित्ता, सहकारी रित्ता, चौतर्फी सेटिङ छ नौला पुराना जुम्ल्याहा ठगको विदेशी फिटिङ छ । नागरिकता छन् दोहोरा फेरि पाँचतिर छ डेटिङ । अवसरवादले छपक्कै ढाक्यो निष्ठाको लोडसेडिङ ।। मदनको विचार, मनमोहन सरकार, ओलीको देशभक्ति जनताको राज उलेलफेर जति सुखानीको शक्ति । कवाडी पुग्छ प्रयोगपछि पुरानो तरबार प्रेरणा बन्छ युगयुगसम्म निष्ठा र विचार ।।
जनदबाबका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु, माओवादीले हत्याहिंसा र ज्यादतिको राजनीति छोड्नु, रवि लामिछाने, बालेन शाह र हर्क साङपाङ प्रवृत्तिले निष्ठाको राजनीतिको धज्जी उडाउदै त्याग, लगाव, निष्ठा, वलिदान र विचार बिना पनि २०६४ सालका माओवादीहरु जस्तै राजनीतिको मञ्च कब्जा गर्न सक्नु र यी तमाम खाले जब्बर अवसरवादका खाडलहरु जनताको जागरण र शक्तिको आडले पुरताल गर्दै विगत तीन दशकमा समग्रमा एमाले युग स्थापित हुनु यी सबै घटनावलीहरु सुखानीमा बगेको शहिदहरुको रगतले ल्याएको उलटफेरका यो वा त्यो प्रकारका सूचकहरु हुन् । चेतनास्तरमा आउने गिरावटले समाज कहिलेकाँही निष्ठाको लोडसेडिङको शिकार हुन्छ । २०६४ सालको चुनावमा एमाले गाउँका कुखुरा चोर र शहरका पकेटमारबाट पराजित हुनु र २०७९ सालको चुनावमा सुखानी भनेको कहाँको सुनखानी परेछ भन्न पछि नपर्ने रवि लामिछाने, बालेन शाह, हर्क साङपाङ सामु सुखानीका शहीदहरुका रक्तवीजहरुको पार्टी एमालेको केही क्षण जोर नचल्नु दृष्टान्त हुन् ।
महानदीलाई खहरेले क्षणिक रुपमा धक्का दिन्छ । ताल फुटेर आएको बाढी मआनदीलाई छायाँमा पार्छ । प्रकृतिमा देखिने यी क्षणिक उपद्रवहरु राजनीतिमा पनि आउँछन् र हराउँछन् । महाभारतका अजेय योद्धा अर्जुन यदुवंशी संहारपछि भिल्लसँगको युद्धमा पराजित भएको हालतमा पुग्छन् । जब ब्यास ऋषिबाट पाँचै भाइ पाण्डव समय सकिएको र सन्दर्भ सकिएको भेउ पाउँछन् अनि पत्नी द्रौपदी सहित राजनीतिबाट सन्यास लिएर हिमालयतिरको महाप्रस्थानमा जान्छन् । ३६ वर्षीय नाति परीक्षितलाई नेतृत्व हस्तान्तर भएपछि हस्तिनापुरमा पुस्तान्तरणको पनि जादु चल्यो । बुढापाकाहरु अहंकार र अर्कमण्यताले २०६४ सालमा डुबेको एमाले जहाजको राजनेता ओली युवा पुस्ता अनन्त प्रेरणा र हौसला प्रदान गरेर फेरि सह ीलयमा ल्याएको उदाहरण हाम्रा सामु छ । एउटा गौरवशाली विरासतहरु बोकेको शक्ति युवाहरुको नाममा जब २५ वर्षमाथिका अर्धवृधको भरपर्छ र २५ वर्ष मुनिका सक्कली युवापुस्तालाई आफ्नो गौरवशाली विचार, विरासत, त्याग, धैर्य, निष्ठा र अनुशासनमा अपनत्ववोध र श्रद्धालु बनाउन पछि पर्छ तब लज्जाजनक हारको सामना गर्नुपर्ने हुन्छ । २०६४ सालको चुनाव र २०७९ सालको चुनाव एमालेले हार्नै नहुने राष्ट्रिय महत्वका प्रकारान्तरका युद्ध थिए । आज शहिद नभएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र युवाहरुको राजनीतिक दायित्वबाटको पन्छिनमा आएको जुन सुनामी छ, हाम्रा वीर अग्रज शहिद र उहाँहरुको सहादत, त्याग र निष्ठाप्रति हमला हो, अपमान हो र अनादर पनि हो । राजनीति गर्दा वलिदान बिर्सनु र निष्ठालाई कमजोर ठान्नु स्विमिङ पुलमा आनन्द उठाइरहेकाले विद्युत आयोजनाको ड्यामसाइडको महत्व नबुझ्नु जस्तै हो । अवसरवाद फापेको, निष्ठा र त्याग अबान्छित मानिएको र राजनीति व्यापारीको कब्जामा गएको राज्यसत्ताका कारण निष्ठाको राजनीति अस्थायी धक्का खान बाध्य छ । विश्रृंखलित वर्तमान स्विमिङ पुलमा रमाइरहेको युगल जोडी हो भने सुखानीका शहिदहरुको सहादत र झापा आन्दोलन विद्युत आयोजनाको ड्यामसाइड हो । सक्कली आमालाई मात्र सन्तानप्रति साँचो माया हुन्छ । नेकपा(एमाले) नै हाम्रो लोकतान्त्रिक व्यवस्था, हाम्रो लोकतान्त्रिक आन्दोलन, जनताको नाममा शासन गरिरहेको सरकार र प्रतिष्पर्धारत राजनीतिक दललाई जनताको पक्षमा सदुपयोग गर्न बढी संवेदलशील हुनुमा झापा आन्दोलन देखिको वलिदानीपूर्ण इतिहास, जनपक्षीय छवि र सङलो दिलले काम पाएको छ । बलिदानीको इतिहासमा सुखानीका शहिदहरुको साहदतको विशिष्ठ स्थान छ । २०३० साल फाल्गुन ३० गते निरंकुश पञ्चायती व्यवस्थाको खुनी सरकारले झापा र इलामको सीमा क्षेत्रमा रहेको सुखानीको जंगलमा जेल सार्ने निहुँमा रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, विरेन राजवंशी र कृष्ण कुइँकेल नेपाल आमाका पाँच जना वीर सपुतहरुलाई गोली हानी हत्या ग¥यो । यो व्रmुर र अमानवीय कृत्य पञ्चायती कालरात्रीको अन्त्य र जनताको राजको बहालीलाई सुगम तुल्याउने घटना थियो । एक पाउनाको रुपमा अवसरवादले स्थान पाए पनि आज मूलतः जागेका जनता, जनताको राज, विचारको राजनीति, निष्ठा, त्याग, लगाव, अनुशासन, धैर्य र सौर्यको महत्ताको जुन नौलो युग आएको छ, यो सब झापा सशस्त्र जनविद्रोह र सुखानीका शहिदहरुको साहदतले ल्याएको उलटफेरको परिणाम हो ।
झापा आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको मियो हो । किनकि झापा आन्दोलन नै त्यस्तो गौरवशाली आन्दोलन हो, जसले शासक र जनआन्दोलनकारी शक्ति दुबै शक्तिको मुटुमा ढ्यांग्रो ठोकिदिएको थियो । झापा आन्दोलनले नै नेपालको लोकतान्त्रिक आन्दोलनलाई जनताको साथ र जनताको काखको कला र करामत सिकायो । नेपाल–केन्द्रित र जनमुखी झापा आन्दोलन नै त्यो चुम्बक थियो, जसले भारत निर्वासनमा रहेर भारतीय शासक वर्गको कुटिलता नबुझी उनीहरुकै मुखताकिरहेका बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेस पार्टीलाई मेलमिलाप नीतिको मुखौटो लगाएर नेपाल फर्कन बाध्य पारेको थियो । झापा आन्दोलन नै त्यो व्रmेन थियो, जसले नैनी तालमा रहेर जलजलासँग रोमान्स गरिरहेका र आरामले त्यही नामको उपन्यास लेख्ने सुरसारमा रहेका गुरु मोहनविव्रmम सिंह र चेला प्रचण्ड प्रवृत्तिलाई भाग खोज्न र अवसरवादमा महारथ हासिल गर्नकै लागि भए पनि नेपालको भूमिमा पाइला टेक्न बाध्य हुने गरी तानेको थियो । झापा आन्दोलन यस्तो बेला उठेको थियो कि जति बेला पञ्चायती दमनचव्रm सामु टिक्न नसकेर नेपाली कांग्रेसका नेताहरु र अन्य वामघटकका नेताहरु पञ्चायत प्रवेश गर्ने लहर चलेको थियो । तीँ मध्ये केही नेताहरु संविधान मान्ने छु, कानुन बमोजिम चल्ने छु भन्ने भाका कबोल भएको कागजमा ल्याप्चे हानेर जेलमुक्त हुने प्रतिकूल भन्दा प्रतिकूल, अराब भन्दा खराब समय थियो, त्यो ।
झापा आन्दोलन पछि जनआन्दोलनकारी शक्ति बलियो हुँदै गयो । एक टोल, एक संगठनको साँचोमा ढालेर जनताको शक्ति सुदृढ गर्ने हिम्मत नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा झापाली विद्राहीहरुले मात्र राखे । झापाको ऊवर पावनभूमिले नै नेपालमा जनताको राजनीति पहिलो पटक स्वाभिमानी अर्थतन्त्रको मेरुदण्ड प्रदान ग¥यो । २०३५ नेकपा(माले) स्थापना गरेर झापाली विद्रोहीले गुटफुटमा फसेको नेपालको कम्युनिष्ट आन्दोलनलाई पुर्नएकीकरणको गति र दिशा प्रदान गरे । नेकपा(माले)को उदयले नेपालको राजनीतिमा हालिमुहाली गरेर जनतामाथि पालैपालो दमनचव्रm चलाइ।हेका दरबार, दिल्ली र नेपाली कांग्रेसमाथि दबाद सृजना भयो । जनवर्गीय संगठनमा जोड दिएर जनताको शक्ति सुदृढ पारेपछि नेपालमा नेकपा (माले) जनताको आशा र भरोसाको केन्द्र बन्यो । नेकपा(माले) २०३६ सालमा राजा जनमत संग्रह घोषणा गर्न बाध्य भए । नेकपा(एमाले)को पूर्वरुप नेकपा(माले)को बलियो संगठन र बलले गर्दा २०४६ सालको जनआन्दोलन सफल भयो । २०१७ सालमा राजा महेन्द्रबाट फ्याँकिएको कांग्रेसले २०४७ सालदेखि २०५१ सालमा सत्तामा रहेर जनताको मन जित्ने खालका कार्यव्रmम दिन सकेन ।
२०४७ साल मंसिर २२ गते आधुनिक नेपालको निर्माता शक्ति नेकपा(एमाले)को स्थापना भयो । गौरवशाली इतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टीका दुई घटक नेकपा(माले) र नेकपा(माक्र्सवादी) एकीकरण भए । त्यही बाण निकै अघि बढ्छ, जो पछि हट्न जान्दछ । युवा वयका कुशल संगठक, अद्धितीय चिन्तक एबं प्रखरवक्ता नेकपा(माले)का महासचिव मदन भण्डारीले त्याग देखाएर दुई कम्युनिष्ट तीन चिराको उल्टो चव्रmपात रोकेर यो मातृभूमिको पोल्टामा अटल सौभाग्य थमाइदिनु भयो ।
आफ्नो नाम वा जात झल्कने गरी पार्टी नामका पसल थाप्ने होड चलेको बेला ऊर्जाशील युवाहरुको पार्टी नेकपा(माले)को एक नम्मर वरियतावmमको स्थान त्यागेर नेकपांएमाले)को दुई नम्मर वरियताको महासचिवमा रहने तत्परता र उत्कृष्ट पहलले मदन भण्डारीलाई ३८ वर्षको उमेरमै गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता सिंगो जीवन राजनीतिमा समर्पित गरेका वयोवृध राजनेताहरुको हाराहारीमा पु¥याइदियो । जीवनको उत्तरार्धमा लगभग एक्लिएका मनमोहन अधिकारीलाई एमाले जस्तो ऊर्जा र भविष्य बोकेको पार्टीको अध्यक्ष बनाउने मदन भण्डारीको त्यही सुझबुझका कारण देशले २०५१ सालमा मनमोहन अधिकारी जस्तो लोकप्रिय र जनमुखी प्रधानमन्त्री पायो । राजनीति भनेको ग्राम प्रमुख नगरप्रमुख, सांसद, मन्त्री र राजा महाराजाहरुको सवारी र शान प्रदर्शन गर्ने थलो होइन, जनताको सेवा हो भन्ने सत्यको नयाँ क्षितिज एमालेको नौ महिने सरकारले उघारिदियो । राजनीति राज्यको कोष र जनताको काख जोड्ने कला र साधना हो । मन, वचन, कर्म र आचरणले एमाले यही सत्यलाई सिद्ध र स्थापित गर्न दृढ संकल्पित छ । एमाले महाविद्यालयले युवाहरुको हरेक पुस्तालाई यही शिक्षाले दीक्षित गर्दै आएको छ । मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारले जनताको राजको असली चाल, चेहरा र चरित्र निर्धारण गरिदियो । यसरी झापा आन्दोलन र सुखानीका शहिदहरुको साहदतको आलोकमा उठेको एमालेले आज जनताको सर्वाेच्चता स्थापित गरेको छ र यसको अपरिहार्य औचित्य सिद्ध गरेको छ ।
झापा आन्दोलन नै २०४६ सालको युगान्तकारी जनआन्दोलन र २०६२–६३ को जनआन्दोलन रुपी बागबानीको नर्शरी थियो । भनिन्छ समुन्द्र मन्थन पछि विष, कामधेनु, उचैश्रवा, ऐरावत, कस्तुकमणि, कल्पवृक्ष, रम्भा, लक्ष्मी, वारुषि(मदिरा) चन्द्रमा, पारिजात(पुष्प) पाञ्चजन्य शंख, धन्मन्तरी र अमृत गरी १४ वटा रत्न मिलृका थिए । झापा आन्दोलनपछि पनि मातृभूमि नेपाल र जनता जनार्दनको पोल्टामा पनि केही अमूल्य रत्नहरु परेका छन् । नेकपा (एमाले) जस्तो जनाधारित राजनीतिक दल, माक्र्स, लेनिन, मन्टेस्क्यु, बुद्ध, चाणक्य र महात्मा गान्धीका मतको विविधता र गुणको दहिमथनी गरेर प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद जस्तो विचार, जननेता मदन भण्डारी जस्तो राजनेता र चिन्तक, लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र सरकारलाई चिसा चुला र जनताको दिलसँग जोड्ने मनमोहन अधिकारी जस्तो जनप्रिय प्रधानमन्त्री, राजनेता केपी ओली जस्तो हस्तक्षेपलाई घुँडा टेकाउने देशभक्त महानायक यी सबै विरासतहरु आधुनिक नेपालका महानतम उपलब्धि र प्राप्ती हुन् । यी सबै अनमोल रत्नहरुको जग र तागत सुखानीमा बगेको रगतको शहिदहरुको तागत हो । तर यो जीवित सत्यलाई नेपाली राजनीतिका अस्थायी तर भीआईपी पाहुनाहरु– अवसरवाद र अवसरवादीहरु मान्न र जान्न तयार छैनन् । विनाशकाले विपरीत बुद्धिले क्षणिक रुपमा नोक्सान सुरुमा सबैलाई पुग्छ तर सत्यको अनादर गर्ने खलपात्रहरु जनताबाट दण्डित भएरै छाड्छन् ।
विश्वभरिका लोकतान्त्रिक पाटीहरु र वामपन्थी पार्टीहरुले नेकपा(एमाले)लाई एक असल भाइचारा पार्टी र शक्तिको रुपमा मान्यता दिएका छनु । यो एमाले विचार, जनाधार र सदाचारको त्रिवेणी हो । आफु भला त जगत भला । जनसमुदाय र विश्वसमुदायको नजर एमाले एक भरपर्दो शक्ति हो । जनताको बहुदलीय जनवादको मार्गदशनले गर्दा एमालेको छवि, गति र लय बृद्धि भएको हो । माक्र्सको वर्गसंघर्ष र द्वन्द्वात्मक भौतिकवाद, लेनिनको संगठनात्मक सिद्धान्त, मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्त, बुद्धको पञ्चशिल र सत्य, दया, क्षमा, त्याग र अहिंसाको स्थायी राज, चाणक्यको राष्ट्ररक्षा कला, महात्मा गान्धीको शान्तिपूर्ण जनआन्दोलनको शक्तिलाई कतै एकैसाथ स्थान दिइएको र न्याय गरिएको छ भने त्यो जननेता मदन भण्डारीको सर्वोत्कृष्ट देन– जनताको बहुदलीय जनवादमा छ । विलक्षण प्रतिभा जननेता मदन भण्डारीले माक्र्सवादको पुर्नव्याख्या गरेर रक्षात्मक अवस्थाको विश्व वामपन्थी आन्दोलनलाई बिर्सिन नसकिने र बिर्सन नहुने गुन लगाउनु भएको छ ।
चाणक्यले औल्याएको राष्ट्ररक्षाको लागि चाहिने शास्त्रबलको जीर्णोद्धारको पोषण मातृभूमि नेपालले जनताको बहुदलीय जनवादको प्रतिपादन भएसँगै पायो । सिक्किम हडप्न भारतले एकथान मात्र मानव मिसाइलका रुपमा लेण्डुप दोर्जे प्रयोग ग¥यो र सफल पनि भयो तर नोयडा र जेएनयुमा नेपाल सिध्याउने दर्जनौं मानव मिसाइल दागेर पनि नेपाल सुरक्षित रहेकोमा भारतको बेचैनी बढेको छ । खास गरी नेपालको संविधान २०७२ को घोषणा सँगै मातृभूमि नेपालको खड्को टरेको छ । जनताको बहुदलीय जनवाद जस्तो विचार भएको एमाले जस्तो शक्ति नभएको भए गृहयुद्धको अन्त्य, शान्ति स्थापना, दोहोरा तानाशाही उत्पादन गर्नै कारखाना– राजतन्त्र र माओवादी अधिनायकवादको अन्त्य र धमिलो पानीमा माछा मार्ने भारतीय अभीष्ट असफल हुने थिएन ।
विचार बासी हुँदैन । बासी हुने कुरा विचारको दर्जामा पुग्दैन । सत्य यस्तो भए पनि स्यालहरु जनताको बहुदलीय जनवाद सामु टिक्न बस्न नसकेर सबै खाले विचारको सान्दर्भिकता सकिएको स्यालहुइयाँ मच्चाउँदै छन् । उनीहरुलाई थाह छ– विचार र नैतिकताको टाटपल्टाइँको मलजलमा झांगिने गर्छ अवसरवाद । निष्ठा र अवसरवादको हार जीत चव्रm जस्तै घुम्छ । भांङ र धतुरो जस्तै हर्लक्कै बढ्छ, चाँडै मर्छ– अवसरवाद । वटवृक्षझै ढिलो बढ्छ तर सदावहार हुन्छ– निष्ठाको गुण र गति । सुनारको सय चोट शैलीमा हान्छ– अवसर । लोहारको एकै चोटले हिसाब माग्छ– निष्ठा । जनताको जागरण, जनताको शक्ति, युगको साउती नबुझ्ने अवसरवादीहरु कालान्तरमा जनताको तिरस्कारमा पर्छन् । आज जनताका सचेत र असल सन्तानहरु आफ्नो पूजनीय मातापिता भन्दा माथि राखेर बीपी, पुष्पलाल, गणेशमान, मनमोहन, मदनलाई प्रातः स्मरणीय मान्छन् र छातीमा लकेट लगाउँछन् । अवसरका पछि कुदेर जनताको शक्तिसँग जोरी खोज्ने मात्रिकाप्रसाद कोइराला र सूर्यबहादुर थापालाई सम्झिदिने कोही छैन । लकेट लगाइदिने त कुरै भएन । हुँदाहुँदा मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइराला कम्युनिष्ट बने भने सुबथापुत्र सुनिल थापा कांग्रेसकोमा ओत लाग्न पुगेका छनु ।
एकै दिनमा जन्मिएको भए पनि घोडाको बच्चाले कयौं कोसको यात्रा गरिसक्दा पनि बिरालाको बच्चाको आँखा उघ्रेको हुँदैन र डेग चलेको हुँदैन । प्रतिभा र परिपक्वताको गति र अदूरदर्शी एबं चरम महत्वाकांक्षीको गतिहीनताको हकमा पनि यस्तै हुन्छ ।
२०४९ सालतिर जननेता मदन भण्डारीले यो मुलुकको व्यापक बर्बादी र संभावित रक्तपातलाई रोक्न लोकतन्त्रवादीहरुको सहकार्य र सहअस्तित्वको फहराएको झण्डाको रुपमा जनताको बहुदलीय जनवाद प्रतिवादन गर्दे गर्दा आजको कुर्सी छोप्ने होडका पारंगत खेलाडी शक्ति कांग्रेस र माओवादीको हातत पनि त्यति बेला आँखा नउघ्रिएको बिरालो बच्चाको जस्तो थियो ।
‘गोलीका आँखा हुँदैनन् ।’ यो कथन तत्कालीन गृहमन्त्री शेरबहादुर देउबाको थियो । यसो भनिरहँदा देउबामा विरोधी कम्युुुुुनिष्टहरुलाई बन्दुकबाट नै भुट्न सकिन्छ भन्ने विजय उन्माद भरपूर थियो । ‘चुनाब लड्ने कम्युनिष्ट होइन, भेडाको खोल ओढेको ब्वाँसो हो ।’ प्रचण्ड नेतृत्वका उग्रवामपन्थीहरुको त्यति बेला एमालेप्रतिको निन्दावर्षाको चुरो थियो । आज आलोपालो सत्ता भागबण्डा मिलाउदैमा र एउटै डाइनिङ टेबलमा कुखुराका साप्रा लुछ्तैमा जनताको आँखामा छारो हाल्न संभव छैन । कांग्रेस र माओवादीका कारण अकालमै मट्टी हुन पुगेका ज्ञात अज्ञात शहीदहरुको रगतमासले कुकृत्यका कर्ताहरुलाई क्षमा दिने छैन । जनताको अदालतमा हरेको कृत्यको हिसाबकिताब रहेको हुन्छ । जब पापप्रति प्रायश्चित हुदैन, अद्यावधि गरिएको हिसाबकिताब कर्तालाई निकै महंगो पर्छ । कुनै बेला एमालेमाथि एक्लाएक्लै भारी पर्ने कांग्रेस र माओवादी शक्ति आज शक्ति क्षय भएर गठबन्धनको बैशाखी टेक्न बाध्य हुनु जनताको कोप कति शक्तिशाली र निर्मम हुन्छ भन्ने सच्याइँको दृष्टान्त हो ।
बलिदान र निष्ठाको तेजोवध गर्नमा कांग्रेस र माओवादी होड छ । सत्यमाथिको यसप्रकारको हमलामा दुबै दलको अवसरवादी राजनीति र एमालेका प्रतिको जलनले काम पाएको छ । निष्ठाको विस्मृतिमा मात्र सबै उस्तै हुन् भनेर भ्रम छर्न सकिन्छ भन्ने ज्ञान प्रकट र छद्म दुबै खाले पीडकहरुलाई थाह छ । नयाँ दल नामका अवसरवादका प्रतिमाहरुले पनि निष्ठा र विचारको राजनीति आफुहरुको चिहान हो भन्ने थाह छ । कुनै पनि रुपरंगका घेराबन्दीले एमालेको सुखी नेपाली र समृद्ध नेपालको तप भंग र यज्ञ विध्वंश गर्न सक्ने छैन । निष्ठा नबुझ्ने, उधारो नरुचाउने, त्याग कुन चरीको नाम हो थाह नपाउने अराजक र अवसरवादी जमातलाई अपच भए पनि आधुनिक नेपालको सर्वश्रेष्ठ निर्माताको नाम नेकपा(एमाले) हो । नेकपा(एमाले)लाई विचार राजनीतिको सदावहार महारथि बनाउनुको श्रेय जननेता मदन भण्डारी जान्छ । शान र शौकत प्रदर्शनको थलो बनेको सत्ता राजनीतिलाई जनताको सेवाको औजार बनाउनुको श्रेय मनमोहन अधिकार र एमालेको नौ महिने सरकारलाई जान्छ ।
सरकारमा रहेर होस् वा घेराबन्दीमा परेर विपक्षमा धकेलिनु पर्दा नै किन नहोस् एक लौहपुरुषले महाशक्तिको रुचि र प्रपञ्चलाई माथ खुवाउदै राष्ट्ररक्षा गर्न सक्छ भन्ने जिउँदो जाग्दो राजनीतिक नजीर स्थापना गर्नुको श्रेय राजनेता केपी ओलीलाई जान्छ ।
यस हिसाबले नेकपा(एमाले) नै मातृभूमि नेपालको सर्वश्रेष्ठ सेवक हो र सर्वश्रेष्ठ रक्षक हो । मदन, मनमोहन र ओली शिष्यहरु नै आधुनिक नेपालका सच्चा सारथी हुन् । सबैभन्दा जीवित सत्य के हो भने झापा आन्दोलन र सुखानीका शहिदहरुको सहादतले खडा गरेको धरातल नै आजकाथथे एमाले र आधुनिक नेपाल उभिएको धरातल हो ।
