–गरिमा–
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । त्यसैले यहाँ धेरै चाडपर्वहरु छन् । नेपालीमा विक्रम सम्वत् अनुसार चाड मनाउने गरिन्छ । यहाँ विभिन जात–जातिले धेरै किसिमका चाडपर्व मनाउँछन् । विशेष गरी आश्विन, कार्तिक र मंसिर तीन महिनामा धेरै चाँडहरु पर्छन ।
चीन र नेपाल छिमेकी मुलुक हो । चीन पनि एउटा प्राचीन देश हो । चीनमा पनि चिनियाँ चन्द्र पात्रो अनुसार धेरै चाडहरु मनाइन्छ । दुई देशका चाडहरुमा धेरै भिन्नता भए पनि केही चाडमा भने समानता पाइन्छ ।
यस वर्षको सेपटेम्बर २८ मा नेपालमा मुख्य मानिने मध्ये एक इन्द्र जात्रा मनाइएको छ । इन्द्र जात्रा नेपाली भाद्र महिनामा मनाइन्छ । यो जात्रा नेपालको राजधानी लगायत देशका विभिन्न ठाउँमा विशेष गरि मनाइन्छ । इन्द्र भगवानले पानी पारिदिने विश्वासले मनाइने यो जात्रा कृषिको लागि महत्वपूर्ण मानिन्छ ।
जात्रामा मानिसहरु काठमाडौं स्थित हनुमानढोका दरबार क्षेत्रमा मुख्य जात्रा मनाउने गरिन्छ । नेपालमा जिवित देवी कुमारीको पुजा गरिन्छ । कुमारीको पुजा गर्नाले सु–स्वाथ्य र सुरक्षित रहने विश्वास गरिन्छ । सामान्य समयमा कुमारी हेर्न र भेट्न धेरै गाह्रो छ । कुमारीलाई कुमारी घरमा राखिउको हुन्छ । कुमारीलाई बाहिर विशेष समय मात्र निकालिन्छ । इन्द्र जात्रामा भने जिवित देवी कुमारीलाई भैरव रथमा राखी काठमाडौं घुमाउने गरिन्छ ।
त्यसैले इन्द्र जात्रा प्रकृतिलाई धन्यवाद दिने र देवीको आशीर्वाद लिने चाड हो भन्दा फरक पर्दैन । लामो समय अघि चीनमा पनि यस्तो चाड रहेको पाइन्छ । उदाहरणको लागि, अहिले चीनको राजधानी बेजिंगमा थ्यान थान भन्ने आकर्षण पर्व मनाउने गरिन्छ । यसको सुरुवात मींग सालमा भएको मानिन्छ । आजसम्म आइपुग्दा यसको ६०० वर्ष पुरानो इतिहास पाइन्छ । यसलाई पहिले प्रकृतिलाई पुजा गर्ने ठाउँ हो । मानिसहरु राम्रो कृष र खेती होस् भनेर बसन्तको विशेष समयमा ठुलो समारोह गरेरयो मानाउने चलन छ ।
इन्द्र जात्राको केही दिन अघि अथवा केही दिन पछि चिनियाँ मध्य–शरद पर्व सुरु हुन्छ । यस वर्ष मध्य–शरद पर्व र इन्द्र पर्वको बीचमा एक दिन मात्र बाँकी छ । सेपटेम्बर २९ तारिख मध्य–शरद पर्व भयो । मध्य–शरद पर्व, जसलाई चन्द्र पर्व वा मुनकेक पर्व पनि भनिन्छ । चिनियाँ संस्कृतिमा मनाइने यो सफल पर्व हो । यो चिनियाँ चन्द्र पात्रो को ८औं महिनाको १५औं दिन, जस महिनाको पूर्णिमा मनाउँछन्। मध्य–शरद पर्व चिनियाँ संस्कृतिमा सबैभन्दा महत्त्वपूर्ण बिदाहरूमध्ये एक हो; यसको लोकप्रियता चिनियाँ नयाँ वर्षसँग बराबर छ।
यसदिन चन्द्रमा सबभन्दा गोलाकार र उज्यालो देखिन्छ भन्ने विश्वास गरिन्छ । गोलाकारलाई चिनियाँ भाषामा “थगबल”भनिन्छ । पुनर्मिलन चिनियाँ भाषामा “तगबल थगबल भनिन्छ । उस्तै शब्द हो । मानिसहरु परिवारमा सधैं खुसी छाओस् भन्ने आशामा सबै जम्मा भएर भोजन खान्छन्, मूनकके खान्छन्, सँगै चन्द्रमाको आनन्द लिन्छन् ।
त्यस बाहेक, मध्य–शरद पर्वको अर्थ फसलको लागि प्रकृतिलाई धन्यवाद दिने चलन पनि छ । चन्द्र पात्रोको अगस्टको मध्यमा अन्न फसलको समय हो । अन्न राम्रो होस् भनेर मानिसहरु “शरद रिपोर्ट“ भनिने अनुष्ठान र उत्सवमा वर्त समेत बस्ने गर्छन । त्यसैले यस कोणबाट चीनको मध्य–शरद पर्व र नेपालको इन्द्र जात्रा केही उस्तै अर्थ पाइन्छ ।
परिवारको लागि नेपालमा एउटा प्रसिद्ध चाडपर्व पनि छ । यस चाडको नाम तिहार हो । यो एउटा रमाइलो चाड हो । तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । यो चाड नेपालीहरु मात्रै मनाउँदैनन्, अरु देशका मान्छेहरु पनि मनाउँछन् । विदेशीहरू विशेष गरी भारतमा यस चाडलाई दिपावली भनिन्छ । पाँच दिनसम्म मनाइने भएकाले नेपालमा तिहारलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वको एउटा पुरानो कथा छ ।
यम अथवा यमराजÞ सूर्य देवको छोरा हो भन्ने विश्वास गरिन्छ । एक दिन यमराजले आफ्ना दुतहरुलाई आदेश दिन्छन्– “यमपंचकको बेला घरमा जसले यमराजको सम्मानमा आफ्नो घर सफासुग्घर राखी,पारस्परिक भेदाभाव हटाई घरघरमा दीपावली गरेर श्रद्धाभावले पूजाआजा गर्दछन् र सुखमय जिवन बिताउँछन्, ती मानिसहरुका घरमा अकाल मृत्य र कष्टदायक मृत्यु हुने छैन ।” यही विश्वसमा नेपालमा तिहार मनाउने गरिन्छ । यो चाडमा मान्छेहरु आफनो घर सफा गर्छन् र पूजाआजा गर्छन् ।
तिहार को प्रत्येक दिन फरक–फरक किसिमले मनाइन्छ । यी ५ दिनहरु मध्ये पहिलो दिनको चाडको नाम काग तिहार हो । काठमाडौंमा धेरै कागहरु र परेवाहरु छन् । हरेक दिनको बिहान उनीहरु देख्न सकिन्छ अनि उनीहरुको स्वर पनि सुन्नेर आनन्द लिन सकिन्छ । काग यमराजको दुत हो । यमराजबाट यो दुत मान्छेहरुलाई लिन उनीहरुको घरमा आउँछ भन्ने गरिन्छ । काग वर्षभरी व्यस्त छ, तिहारको पहिलो दिन मात्र आराम गर्छ । यो दिन मानिसहरु छानामा वा घरको बाहिर पातले बनाएको थाल (टपरीमा)मा केही खाना राख्छन् ।
अनि कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो, जसमा कुकुरको पुजा गरिन्छ । कुकुर यमराजको दरबारको पाले मानिन्छ । यस दिन कुकुरलाई मिठो परिकारहरु खुवाउने मात्र होइन फुलमाला र टिका पनि लगाउँछन्
तेस्रो दिन नाम गाई तिहार र लक्ष्मी पूजा मनाइन्छ । विहान गाई तिहार भने बेलुका लक्ष्मी पूजा हो । गाई नेपालको राष्ट्रिय जनावर हो । यहाँ गाईलाई लक्ष्मीको रुपमा पुजा गरिन्छ । त्यसदिन गाईलाई फुलमाला र टिका लगाएर मिठोमिठो कुरा खान दिने चलन रहेको छ भने साँझमा वत्तिबालि लक्ष्मी पूजा मनाउने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर बोलाउनका लागि घरआँगन सफा गरेर लक्ष्मीलाई घरमा निम्तो दिने चलन रहेको छ । लक्ष्मी पूजाको दिनमा देशभरि दीपावली हुन्छ । अनि हरेक घरको अगाडि विभिन्न रंगोली बनाउने चलन समेत रहेको छ ।
चौथो दिनको गोरु तिहार मनाइन्छ । गोरु नेपालका किसानहरुको ठूलो सहयोगी हो । कृषिको लागि निकै महत्वपूर्ण छ । यस दिनलाई हली पुजा पनि भनिन्छ । यस दिन गोरुलाई मिठा परिकार खुवाएर मनाउने गरिन्छ । अनि तिहारको पाँचौं र अन्तिम दिन भाइ तिहार हो । त्यस दिन दिदीबहिनीहरुले आफ्नो दाईभाईलाई टिका लगाउँछन् । दिदीबहिनी नभएको दाईभाईले काठमाडौंको रानीपोखरी गएर त्यहाँ टिका लागाउने गर्छन् । यो चाड दाजुभाइ र दिदीबहिनीबिचको माया र सद्भावको चाड हो ।
चीनमा यस्तो धेरै किसिममा मनाउने र परिवारसंग मिलेर मनाउने चाड वसन्त चाड हो । यो चीनको नयाँ वर्षको सुरुवात हो । यो पनि चन्द्र पात्रो अनुसार र कृषि खेती कोलागि सेट गरिएको छ । सुरुवातमा मान्छेहरु बसन्त चाडमा पनि प्रकृतिलाई पूजा गर्ने गर्छन् । बसन्त ऋतु कृषिकोलागि निकै महत्वपूर्ण छ । त्यसैले मानिस राम्रो मौसमको लागि सामुहिक प्रकृति पूजा गर्छन ।
वसन्त चाडमा ज्यादै कार्यक्रम छन् । नयाँ वर्ष अघि घरको ढोकामा वसन्त दोहोरीहरू टाँस्छन् ,झ्यालमा रातो विन्डो ग्रिलहरू टाँस्छन् । मान्छेहरु पनि नयाँ वर्षको सामान किन्छन् । खाना, खाजा, नयाँ लुगा, उपहार आदि सबै नयाँ वर्षअघि तयारी हुनुपर्छ । नयाँ वर्षअघि परिवार पनि सँगै घर सफा गर्छन्, जसको अर्थ पुरानो कुरा गएर नयाँ चाहिँ आउँछन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारको सबै जना सँगै भोजन खान्छन् । वर्षभरी बाहिर काम गरेको छोरा छोरी पनि घर फर्केर नयाँ वर्षको पूर्वसन्ध्यामा रात्रिभोज खाने चलन छ । यो बसन्त चाड अघि चीनको यातायात निकै व्यस्त भएको कारण हो । यस राति मानिसहरु सुत्दैन । घरमा बत्ती रात्रीभरी बाल्छन् अनि नयाँ वर्ष पर्खन्छन् । भोज खाएर परिवार उत्सव मनाउछन्, खाजा खान्छन्, तास र मजियांग खेल्छन् । ज्यादै रमाइलो गर्ने गर्छन् ।
नयाँ वर्ष सुरू भएर बसन्त चाडमा चिनियाँहरु उपहार लिएर नातेदारको घर जान्छन् । भाई बहिनी भेट्ने र खुसी साट्ने गर्छन् । जस्तै भाञ्जोले मामाको घर गएर मामाको परिवारसँग खाना खान्छ । अनि मान्यजनले साना केटाकेटीहरुलाई रातो दक्षिणा दिनुहुन्छ । यो केटाकेटीहरुलाई वर्षभरी सबभन्दा खुसी लाग्ने समय हो ।
बसन्त चाडमा बाहिर धेरै भिडभाड हुन्छ । सपिङ्ग मलभित्र मानिसले भरिएको हुन्छ । सडकको छेउमा चिनियाँ गाँठो र ठुलो रातो लान्लटन झुण्ड्याइएको छ । केही चोकमा पनि ड्र्यागन नृत्य र सिंह नृत्य देख्नुहुन्छ । रातमा आतिशबाजी र धेरै रमाइलो हुन्छ ।
वास्तवमा परम्परागत रूपमा चिनियाँहरु चन्द्र पात्रोको अन्तिम महिनाको २३औं देखि प्रत्येक दिन फरक किसिमले नयाँ वर्षको लागि तयारी गर्छन् । बसन्त चाड नयाँ वर्षको पहिलो दिन देखि जम्मा १५ दिन मनाइन्छ । हरेक दिन विभिन्न कुरा गरिन्छ । उदाहरणको लागि, नयाँ वर्षको ५औं दिनमा ब्यापारीहरुको लागि निकै महत्वपूर्ण दिन हो । यस दिनमा ब्यापारीहरु आफ्नो पसलको ढोका अगाडि पटाखा बालेर पसल खोल्छन् । यस्तो कुरा गरेर पूर्वी दक्षिण पश्चिमी उत्तरी र मध्यको धनको देव आफ्नो पसल आउनुहुन्छ भनेर चिनियाँहरु विश्वास गर्छन् ।
१५ औं दिन चीनको लालटेन चाड हो । तिहारको तेस्रो दिन जस्तै हुन्छ यो दिन । बाहिर झिलिमीली देखिन्छ । यो दिन चिनियाँहरु “थगबलहष्बय”भन्ने खाना खान्छन् ।बल रूपको यूमरी जस्तै हो । बाहिर टाँसिने चामल बनाएको पीठो अनि भित्रमा चिनी, बदाम, तिल, मासु आदि कुरा राखिन्छ । आफूलाई मन पर्ने चीज राखेर खान सकिन्छ । यस दिन पछि बसन्त चाड समाप्त हुन्छ ।
त्यसैले बसन्त चाड अथवा चिनियाँ नयाँ वर्ष जम्मा १५ दिन मनाइन्छ । नेपालको दशैं पनि १५ दिन मनाइन्छ । तर अहिलेको चिनियाँहरु १५ दिनमा प्रत्येक दिनको समारोह सबै गर्दैन, मात्रै केही महत्वपूर्ण दिन मनाउँछन् ।
नेपालमा र चीनमा दुवै धेरै रमाइलो चाडपर्व र जात्रा छन् । यी चाडपर्व र जात्रामा मान्छेहरुको सुख र शान्तिको विश्वास गर्छन । नेपालीहरु प्रकृतिलाई निकै मान्छन् र पुजा गर्छन् । अनि चिनियाँ ताऊ धर्ममा पनि मान्छे र प्रकृति राम्ररी रहनुपरेको वाक्य पाइन्छ । नेपालीहरु कृषिलाई निकै महत्व दिन्छन् भने चीनमा वर्षभरी २४ सौर्य सर्तहरू पनि छन् । नेपालीहरु आफ्नो परिवारलाई निकै माया गर्छन् भने चिनियाँहरु पनि यस्तै हो । फरक देश भएतापनि हामी दुई देशको उस्तै विचार पाइन्छ ।
त्यसैले चीन र नेपालको संस्कृतिमा धेरै समानताहरु छन् । यी चाडपर्वहरुमा दुवै देशको संस्कृति को समानता देखिन्छ ।
(लेखिका कम्युनिकेशन यूनिवर्सिटी अफ चाइनामा अध्यनररत हुनुहुन्छ । उहाँको नेपाली नाम गरिमा हो ।)
