-राम प्रसाद पराजुली-
समृद्ध नेपाल सुखी नेपाली यो उद्घोषणमा नेकपा-एमालेका अध्यक्ष तथा पुर्व प्रधान मंत्री आदरणीय के पी शर्मा ओलीको हो । यो उद्घोषणमा उहाँले सम्पूर्ण नेपाली समाजका को लागि गर्नुभएको हो। यस्तो परिकल्पना गर्ने दुरदर्शिता राख्ने नेता नेतृत्व हाम्रो देशले पाउनु आफैमा गर्व बोधको आभास गराउँदछ।
राजनीतिक बिचार धारामा फरक फरक आस्था होलान्। दलहरुबीच मतभेद होलान्। चुनाव चिन्ह फरक होलान् तर नेपाल र नेपालीलाई समृद्धि को मार्ग मा पुराउने लक्ष उद्देश्यहरू सबैको साझा ईच्छा चाहाना हुन् जरूरी हुन्छ ।
हाम्रो देशको झन्डै तिनकरोड जनसङ्ख्या रहेको भर्खरै प्रकाशित जनगणनामा आएको तथ्याङ्क मा देखाइएको छ।यसको अतिरिक्त विश्वभरीका नेपाली भाषीहरु नेपाली मूलका नेपाली हरु तथा ऐतिहासिक कालखण्डमा भुभाग सहित भारत मा गाभिएका भारतिय नेपाली हरु समेत ठुलो संख्यामा रहेका छन्। सुखी नेपाली हरुको परिकल्पना गरिँदा सम्पूर्ण नेपाली भाषा कला साहित्य संस्कृति लाई मान्ने सम्पूर्ण नेपाली हरुलाई संबोधित गरिएको हो भन्ने विश्वास गराउन आवश्यक हुन्छ
समृद्ध नेपाल को परिकल्पना नेपाल राष्ट्रको लागि हो भनेर बुझ्नु पर्छ। नेपाल समृद्ध मुलुक हुँदा संसारभरि छरिएर बसेका नेपाली हरुको मान सम्मान सहित शिर ठाडो हुनेछ भन्ने बिस्वास लिनु आवश्यकता रहेको छ।
पुर्व मेची पस्चीम माहाकाली उत्तर हिमालदेखि दक्षिण तराईसम्ममा बसोबास गर्ने सम्पूर्ण नेपाली हरुको साझा प्रयास सहयोग तथा सहकार्य सकृय सहभागीता तथा मेहनत लें मात्र समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुराहुन सक्छं।
साझा प्रयास सहयोग को लागि एउटै राजनीतिक दलको स्थिर सरकार ईमान्दार दुरदर्शी अनुभबी राजनीतिक नेतृत्व ईमान्दार प्रशासनीक संयन्त्र स्वतन्त्र न्यायपालिका सहित अग्रगामी कार्यदिशा दृष्टिकोण सहित निति बिचार सिद्दान्त बाट प्रशिक्षित इमान्दार लगनशील मेहनती कार्यकर्ताहरुको श्रृखलाबद्द आधार सहित को राजनीतिक पार्टी तथा मेहनती जनता हरुको भुमिका महत्वपूर्ण हुन्छ।
यसका लागि जनसहभागिता जन भागिदारीताको निम्ति हाम्रो भुमिका तथा पहलकदमी के कस्तो हुनेछ यो प्रमुख कार्यभार सहितको हाम्रो लक्ष निर्माणको आबस्यकता रहेको छ।
समृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी एउटा दल बिषेश को मात्र होईन । यो सम्पूर्ण नेपाली समुदाय नेपाली जनता हरुको साझा संकल्प हुनु पर्दछ । यसलाई केबल दल बिषेश को संकुचित घेरा बाट हेरिएको अबस्था मा सफल हुँदैन।
नेपाल समृद्ध होश सबै नेपाली सुखि होऊन् भन्ने चाहना कस्को छैन होला तर चाहना मात्र राख्ने आफूले केही नगर्ने अरुले गरेको काम पनि नदेख्ने सधैंभरि नकारात्मक टिप्पणीले राजनीतिक दलहरुलाई दोषी ठहर गरीरहने ब्यबस्था र संबैधानिक संरचना माथि नकारात्मक प्रश्न खडा गरिरहने यसप्रकार को नकारात्मक प्रतिक्रिया प्रबृत्ति ले कसरि सफल हुन्छ यो हामी सबैले आ-आफ्नो ठाउँबाट सोच्नुपर्ने हुन्छ।
पत्रकार सुचना प्रविधि संचार माध्यमको भुमिका मा रहेका सम्पूर्ण संचारकर्मी हरुले पनि बिचार पुर्याउन तथा ध्यान केन्दि्रत गर्न जरूरी देखिएको छ।
बिकास निर्माण तथा राष्ट्रिय गौरवका बिषयहरु माथि रिपोर्टिङका आधार हरु तयार पार्ने र बिश्र्वबाजारमा नेपाल र नेपाली हरुको उपलब्धीलाई पुराउन सकारात्मकपहल गर्न जरूरी देखिएको छ।
देश बाहिरका पवासी नेपाली हरु तथा नेपाली भाषी नेपाली
मुलका नेपाली हरु ले बिचार गर्नु पर्ने बिषय समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा को लागि हामिहरु ले के गर्न सकिन्छ।के यो नेपालमा बसोवास गर्ने नेपाली हरुको मात्र चाहना हो कि सन्सारभरी फैलिएर बसोबास गर्ने नेपाली हरुको साझा संकल्प हो। नेपाली जहाँ रहेको भये पनि सुखी र खुसियालीमा रहनु पर्छ समृद्धिको साथमा रहनुपर्छ भन्ने बिचार लाई बिश्व दृस्टीकोण तथा गर्वको साथमा बिश्र्वास सहित बुझ्नुपर्छ भन्दा अनुपयुक्त नहोला।
समृद्ध नेपाल हुनपर्छ भनिरहेको अबस्था मा नेपाल भित्र रहनुहुने नेपाली हरुको लागि मात्रा मा धेरै देखिएला तर सन्सार भरी फैलिएका नेपाली हरु तथा प्रवासी नेपाली हरुको लागि गौरवको प्रतीक हो।
हामिहरु प्रवासमा रहेर पनि हाम्रो देशमा गौतम बुद्ध जन्मनु भएको हो भनेर गौरवान्वित महसूस गरेका हुन्छौं। नेपाल मा माउन्ट एभरेस्ट छ भन्छौं। नेपाल मा जानकी मंदिर सिता माता को माइतीघर जनकपुर पशुपतिनाथ मन्दिर मुक्तिनाथ मन्दिर शालिग्राम शिला पाईने काली गण्डकी कृष्ण गण्डकी हिमाल पहाड तराई सुन्दर रमणीय देश नेपाल हो र हामीहरु तेही देशको नागरिक हौं भनेर आफू परिचित हुँदै गौरवान्वित महसूस गरिरहेका हुन्छौ।
सुन्दर शान्त रमणिय स्थलहरु रहेको समृद्ध नेपाल मा इमान्दार मेहनती सुखी खुसियालीमा रहने नेपाली हरुको देश नेपाल हो भन्न पाउँदा अझै कति ठुलो गर्वको अनुभूति हुन्छ होला। कल्पना गरौं।।हामी प्रवासी नेपाली हरुले तथा प्रवास मा रहेका नेपाली समुदायले मनन् बिचार गर्नुपर्ने आवश्यकता छ। रुखको जराहरू बलियो भयो भने हाँगा फूल पात पनि बलियो हुन्छ। नेपाल मजबुत हुँदा नेपाल समृद्ध मुलुक हुँदा संसारभरि छरिएर बसेका नेपाली हरु लाई पनि आत्मसम्मान तथा गौरवान्वित भयेको महसूस हुनेछ। यसकारण सुखी नेपाली समृद्ध नेपाल निर्माण मा हाम्रो दायित्व तथा भुमिका के कस्तो रहने, कसरी हुने यो बिषयमा योगदान तथा योजना बनाउन ध्यान पुर्याउनु पर्ने आबस्यकता रहेको छ।
हामीहरु खासगरी भारत प्रवासमा रहेका प्रवासी नेपाली हरु प्रवासमा जहाँ छौँ जस्तो अबस्था मा छौ परिस्थिति अप्ठ्यारो होला चुनौती हरु पनि होलान् सहजता तथा अवसर हरु पनि रहेका छन्। हामीहरु जहाँ छौ आय आर्जनका लागि आएका छौँ। आफ्नो र परीवार जनहरुको बेहतर भबिस्य को सपना लिएर बसिरहेका छौँ।
यसकारण पहिले जहाँ छौ हामी बिचारमा समृद्ध बनौं,अनुशासन , शिक्षा, स्वास्थ्य सामाजिक मान प्रतिष्ठाहासिल गरौं तथा संयमित आचरण सहित मर्यादित रहेर आफ्नो परिश्रमको भरमा आर्थिक उन्नतिको साथमा सबल र सक्षम हुन प्रयत्नशील रहौं।आफु जहाँ छौ तेही स्थापित हुन प्रयत्नशील रहौं पहल गरौँ। अनि समृद्ध नेपाल सुखी नेपाली निर्माण मा आ आफ्नो भुमिका सुनिस्चित गरौं।
मुख्यरूपमा नेपाल बाट भारत प्रवासमा रहेका प्रवासी नेपाली हरुको नेपाल सरकारसँग कुनै तथ्यांक बिबरण छैन। नेपाल बाट भारत बाहेक अन्यत्र मुलुकमा गयेका प्रवासी नेपाली हरुको बिबरण नेपाल सरकार सित छ। उनिहरु को पृष्ठभूमि तथा योगदान सरकारी खातामा दर्ता छ।
भारत प्रवासमा रहेका प्रवासी नेपाली हरु नेपाल जाँदा लाहुरे भारत प्रवासमा आउँदा बहादुर कान्छा बाट अलंकृत हुनबाट मुक्त हुनपर्दछ। नेपाल बाट को कहां देखी कहिले कस्तो अबस्था मा के गरिरहेको छन् भन्ने बिबरण नेपाल सरकारको पहल मा वडा पालिका जिल्ला प्रदेश र केन्द्रमा राखिनुपर्छ। तथा भारत प्रवासमा रहेका प्रवासी नेपाली हरुको भूमिका समृद्ध नेपाल निर्माण मा निर्धारण गर्न सरकारीस्तरबाट पहल तथा योजना प्रोत्साहन सहित प्रवासी नेपाली हरुको भुमिका तथा पहलकदमी सहयोग सहित उत्तरदायित्व सुनिस्चित गराउन जरूरी रहेको छ। नेपाल का मुलधारमा रहेका पुराना राजनीतिक दलहरुको ईतिहास पृष्ठभूमि स्थापनाका साथ भारत प्रवासमा रहेका प्रवासी नेपाली हरुको संरक्षण सहयोग रहेको इतिहास छ। बिचार दृष्टीकोण को आधारमा बिभिन्न संघ संस्था हरु को गठन पुनर्गठन गरिएको कारण राजनीतिक बिचार लिएका संगठन हरु पनि कृयाशिल रहेका छन्। सामाजिक सामुदायिक स्वतन्त्र भन्ने हरु धेरै नेपाली हरुको संघ संस्था हरु पनि कृयाशिल रहेका छन्। उनिहरु को बिचमा समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा नेकपा एमाले को मात्र बिचार होइन हामी सम्पूर्ण नेपाली हरुको साझा बिचार र जिम्मेवारी हो भन्ने विश्वास गराउन पहल गर्न जरूरी हुन्छ।
समृद्ध नेपाल सुखि नेपाली को राष्ट्रिय आकांक्षा पुरा गर्न प्रतिबद्धता ब्यक्त गर्दै स्वामित्व लिएका संगठन हरुले पनि ब्यापक दृष्टिले बुझ्न र हेर्न आबस्यकता हुन्छ। संकुचित दायरामा रहेर केवल दलहरुको झन्डा उठाएर मात्र समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुरागरन सकिन्छ भन्ने संकुचित साँगुरो घेराभित्र बाँधिन लागियो भने यसको ब्यापकता तथा बहुआयामिक बिचार माथि ठूलोे धोखा रअन्यायपूर्ण काम गरिरहेका हुन्छौ। यसलाई फराकिलो दुरदृष्टि तथा ब्यापकता मा बुझ्न आबस्यकता हुन्छ। तदनुसार योजना बनाएर काम गर्न जरूरी देखिएको छ।
देशमा स्पष्ट दृष्टि कोण, दुरदर्शी अनुभबी राजनीतिक नेतृत्व अग्रगामी निति बिचार सिद्दान्त बाट निर्देशित राजनीतिक दल तथा नेतृत्व लाई निर्बाचन मा बिजयी गराउनु बहुमतको स्थिर सरकार निर्बाचित गराउन पहल तथा योगदान गर्न अनिबार्य हुन्छ।तर यतिकैमा समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुरा हुन सक्दैन’। फराकिलो दृष्टिकोणले बिश्वभरीका प्रवासी नेपाली हरु तथा नेपाली भाषीहरुको नेपाली जाति समूदाय हरुको योगदान अनिबार्य हुन्छ नेपाली संघ संस्था तथा आम प्रवासी नेपाली हरुलाई सुसुचित गराउदै अगाडि बढ्न जरूरी हुन्छ। यो योगदान कसरी हुने कस्तो हूने यो महत्वपूर्ण बिन्दु हो। यसतर्फ हाम्रो ध्यान पुर्याउनु पर्ने देखिएको छ।अब ढिला नगरी हामीहरु ले गंभीर चिन्तन मनन गर्नैपर्छ ।यो आजको आबश्यकता हो।
हामी नेपाली हरुले बिबिध छेत्रमा बिज्ञता विशिष्टता हासिल गरेकाछौ र विज्ञता हासिल गर्न निरन्तर प्रयास गर्न आबस्यकता छ।एक ब्यक्ति एक छेत्रमा एक काम एक कौशल ज्ञान सीप हासिल गरौं अनि आफ्नो आर्थिक उन्नतिको मार्गमा अगाडि आँफु र समाज समुदाय लाई अगाडि बढाउँदै आफ्नो प्रभाव लाई बिस्तार गरौं । प्रवासमा रहँदा याहाँ ऊपलबध सहुलियत सुबीधाको भरपूर उपयोग गरौं आफ्नो छेत्रमा विज्ञता हासिल गर्दै बिशिष्ट श्रेणीमा योगदान गर्न सक्नेगरी स्थापित हुन प्रयत्नशील रहौं। साथमा आफ्नो छेत्रमा प्राप्त अनुभव ज्ञान सिप आर्थिक उन्नतिको साथमा आँफु सुखि हुदै समृद्ध नेपाल निर्माण मा योगदान पुरा गरौं।यो हाम्रो प्रवासी नेपाली आन्दोलन सामाजिक कार्यकर्ता प्रवासी नेपाली समुदायको बिशिष्ट जिम्मेवारी तथा कर्तब्य रहेको छ। केवल राजनीतिक दलहरु तथा दलको कार्यकर्ता हुने पदलिने प्रतिष्ठा मात्रै खोजिरहनु जन प्रतिनिधि हुन चुनावमा टिकट लिएर मात्र मेरो भुमिका समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पूर्ति गर्न सकिन्छ भन्ने मनोभावना र दृष्टिबाट मुक्त हुन जरूरी हुन्छ।
आफु जहाँ छौ जे काम गरिरहेको छौ त्यो काम र कर्म मा बीश्वास गर्न जरूरी हुन्छ । हामीहरु इमानदार पुर्वक अगाडि बढ्न तयार हुनपर्छ। समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुरा गर्नको लागि प्रवासी नेपाली हरु प्रतिबद्ध हुन् जरूरी हुन्छ। किनभने नेपालमा सान्ती स्थिरता र समृद्ध हुदा हाम्रो आत्म सम्मानको रक्षा र हाम्रो सुरक्षा बढ्नेछ । तर सरकार तथा संबन्धित पक्षबीच निम्न बिषयहरु माथी ध्यानदिन जरुरी हुन्छ । टुक्रा टुक्रा मा बाँडिएको बिभाजित मानसिकता संकुचित दायरामा रहेको समाज र संगठन भागबन्डामा आधारित सरकार तथा योजना हरु बितरण मा आधारित अर्थव्यवस्था कमिसन मा आधारित प्रतिष्ठान तथा गतिविधि हरु बाट समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा मा सफलता हासिल गर्न सकिदैन कि सबै तहमा बिचार विमर्श गरौं । सबैले आ-आफ्नो ठाउँबाट ईमान्दार रहेर काम गरौं ।
(पराजुली प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य तथा स्कुल बिभाग उप-प्रमुख हुनुहुन्छ । )
