काठमाडौं । अहिले नेपालमा कयौं जलविद्युत आयोजनाहरुको निर्माणमा ढिलाइ भएको छ।
काठमाडौंलाई तराईसँग जोड्ने काठमाडौं–तराई द्रुतमार्गको निर्माणमा निकै ढिलाइ भइरहेको हामीले देखिरहेका छौं। र हामीले भनिरहेका छौं कि सरकारले काम गरेन।
तर वास्तवमा सरकारले काम नगरेको भने होइन। ठूला आयोजना निर्माण गर्न चाहिने कच्चा पदार्थको अभावमा नेपालमा ठूला आयोजनाहरु प्रभावित भएको हो।
ठूला कच्चा आयोजना निर्माणको लागि चाहिने केही कच्चा पदार्थहरु भारत वा चीनबाट नेपालले ल्याउनु पर्छ। भौगोलिक विकटताले गर्दा चीनबाट सबै खाले बस्तु नेपाल ल्याउन त्यती सहज छैन । त्यसकारण पनि नेपाल भारत माथि अलि धेरै निर्भर रहन्छ । र भारत त्यसमा नेपाल सँग खेली रहन्छ । सोही कारण भारत नेपालमा बिआरआई नआवस् भन्ने चाहान्छ । नेपालको विकासमा गिद्धे गर्ने भारतले विभिन्न कच्चा पदार्थहरू, अर्थात् नाकाबन्दी गरेको कारण नेपालको ठूला परियोजनाहरुको निर्माणमा ढिलाइ भएको हो। त्यो हामीले बुझ्नु पर्छ।
अर्को कुरा, नेपालको चिया तथा विभिन्न वस्तु निर्यातमा पनि भारतले नाकाबन्दी गरेको कुरा स्पष्ट छ। कतिपय नेपालको सामान भारतको बाटो हुँदै तेस्रो मुलुक पुग्छ, तर भारतले उसको बाटो प्रयोग गर्न नदिएर पनि भिन्न किसिमको नाकाबन्दी भारतले गरिरहेको हुन्छ।
अहिले नेपालबाट सिमेन्ट भारत निर्यात हुन्छ। तर केही दिनदेखि नेपालको सिमेन्ट राम्रोसँग भारत गएको छैन। किन भारतले नेपाललाई सधैं यस्तो चेपुवामा राख्छ, त्यो कुरा भने गम्भीर छ।
अहिले नेपालमा राजावादीको आन्दोलनको उदय भएपछि भारतले नेपाललाई भिन्न दृष्टिकोणले हेर्ने गरेको पाइन्छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले त नेपालमा धर्मको नाममा आतंक मचाउने नै योजना बनाएकाे सबैलाई थाहा नै छ।
केही दिन अघि पूर्व राजा पोखराबाट काठमाडौं आउँदै गर्दा मुख्य मन्त्री योगीको तस्विरले पनि स्थान पाएको थियो। त्यसले पनि योगीको नेपालमा राजा तन्त्र ल्याउने सपना रहेको कुरा स्पष्ट हुन्छ। योगी र मोदी उस्तै हुन्।
विभिन्न नयाँ अनुहारलाई नेपालको राजनीतिमा प्रयोग गरिरहेको भारतले नयाँ अनुहारबाट भने अनुसारको सफलता प्राप्त गर्न नसकेपछि पुराना राजवादीहरुलाई अहिले बोकेको छ। जसमा नेपाललाई आर्थिक नाकाबन्दी लगाएर घुँडा टेक्न बाध्य बनाउने भारतको रणनीति रहेको कुरा पनि स्पष्ट छ।
अहिले नेपाल भारतमा मिसाउ, कमसेकम सस्तोमा उपभोग्य कुरा छ, नेपाललीले खरिद गर्न पाउँछन् भन्दै मिडिया वाजी गर्ने व्यक्तिले अहिले राजावादी आन्दोलनको नेतृत्व गरेको पाइन्छ। यहाँबाट पनि नेपालमा विभिन्न तत्वहरू कसरी सलब्लाइरहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। कहाँबाट को प्रयोग हुँदैछ भन्ने कुरा स्पष्ट हुन्छ।
राजावादीहरुको नाममा मानिस उकासेर आफ्ना स्वार्थ पुरा गर्न खोज्ने भारतको अहिले फेरि नाकाबन्दी सुरु भएको छ।
अहिले राजबादीले जति काठमाडौंमा आतंक मच्काईरहेका छन् त्यो भन्दा धेरै अहिले भारतले सिमा नाकामा आतंक मच्काईरहेको छ ।
नेपालमा पैसाको अभाव पारेर भारतले रानीतिक भूमीका खेलेको छ । त्यसमा हामी सचेत वन्नुपर्छ । नेपालमा अर्थिक अबस्था एकदमै नाजुक बनाएर नेपाललाई बंगलादेश बनाउने भारतको चाहना हामीले बुझ्नु पर्छ । यसमा हामी सर्तक रहनु पर्छ ।
