-मन्जिव क्षेत्री काठमाडौं महानगरमा मेयर निर्वाचित भएदेखि अहिलेसम्म मेयर बालेन्द्र साह उर्फ बालेनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो एकाउन्टमा ३०० बढी पोस्ट गरेका छन्। उनका ९९% पोस्ट अरुलाई गाली गरेका, आरोप लगाएका, मिथ्या सूचना प्रवाह गर्ने खालका मात्र छन्। उनले यस्तो पोस्ट प्रायः झम्के साँझदेखि रातको ९,१० बजे तिर गर्ने गर्छन्। भन्न त धेरैले गाँजा खाएर लेखे बालेन्द्रले भन्छन्! कतिले त 'आजको ट्रिपको बाणी के आउला?' भनेर व्यङ्ग पनि गर्छन्। तर मलाई लाग्छ गाँजा मात्रको सेवनले मानिस यत्ति धेरै अराजकता त न बन्नुपर्ने हो। किन भने महिले चिनेका धेरैले गाँजा सेवन गर्छन् र उनीहरू त्यो बेला शान्त भयर बसेको, अर्थात कुल के हाम्रो भाषामा! त्यस्तो मात्र देख्छु, कुनै अराजकता गर्दैनन् महिले चिनेका गजेडीहरूले।
बालेन्द्र मेयर पदको उम्मेदवार हुने बेलामा 'मै हुँ' भन्ने मिडिया देखि यूट्यूबसम्मलाई अन्तरवार्ता दिन आफैले समय माग्दै हिंड्थे तर मेयर निर्वाचित भएयता अहिलेसम्म कुनै मिडियामा मुख देखाउन सकेका छैनन्। यत्ति मात्र होइन, हिमालय टेलीभिजनका पत्रकारले टेकुको डम्पिङ साइटमा उनको भिडियो खिच्दा आफैले भिडियो डिलिट गर्न लगाएका थिए। यसको अर्थ हो उनले मास फेस गर्ने हैसियत नै गुमाइसकेका रहेछन्। उनलाई जयजयकार गर्ने भिक्टर (RONB) र भिक्टर प्रवृत्ति बाहेक अरुलाई भेट्ने र गुनासो सुन्ने बानी नै छैन उनीसँग। कुनै पनि पब्लिक फोरममा नजानु त्यसैको प्रमाण हो। बनाउने भन्दा भत्काउने काममा रमाउने बालेन्द्र भत्काउने काममा पनि असफल छन्, त्यसको प्रमाणहरू हुन्ः नर्भिक अस्पताल, टुकुचा खोला, थापाथली सुकुमबासी बस्ती आदि।
सुकिलामुकिलालाई मात्र काठमाडौंको बासिन्दा देख्ने बालेन्द्रले दुई मुठा साग बेच्ने देखि मकै पोल्नेको रोजीरोटी पनि नगर प्रहरी लगाएर लतार्दै खोसेका छन्। खेलका नाममा रुटिनेलाई फाइदा हुने पपजिमा लाखौं बजेट स्वाहा पारेको त सबैलाई थाहा नै छ। कुनै कार्यक्रम राजधानीमा गर्दा त्यसबाट हुने फोहोर वापत आयोजकलाई जरिवाना तोक्ने कार्य केही हदसम्म ठिकै लागेको थियो तर त्यसमा पनि उनले मनपरि, र अवस्था नहेरी पपुलिस्ट हुन मात्रै गरेको अहिले प्रमाणित भैसकेको छ।
अरुलाई भ्रष्टाचारी भन्दै बिना प्रमाण बोहुलाउने बालेन्द्रको विश्वासको पात्र हुन् करोडौं अनियमितताको मुद्दा खेपेका कुमार वेन। यसले उनको गतिलो भनिएको छवि पनि धमिलै पानी रहन्छ भन्ने पुस्टी हुन्छ।
अब लागौं महानगरको पछिल्लो विवाद तर्फ जसको जन्मदाता उनै मेयर बालेन्द्र हुन। सरकारले हरेक पालिकामा प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाउँछ। त्यसैगरी काठमाडौं महानगरमा सरोज गुरागाँइलाई सरकारले जिम्मेवारी तोकियो। तर बालेन्द्रले आफ्नो मनोमानी छताछुल्ल हुने डरले गुरागाँइलाई हाजिर गर्न त परको कुरा, कार्यालयसम्म आउन दिएनन्। लामो समयसम्म बालेनको निजि स्वार्थले महानगर प्रशासकीय प्रमुख बिहिन बन्यो। कर्मचारीले तलव पाएनन् भने दैनिक रूपमा गर्नु पर्ने कार्यदेखि दीर्घकालीन योजनाका सबै कार्यमा फुलिस्टप लाग्यो। अन्ततः उपमेयर सुनिता डंगोल, अन्य सबै जनप्रतिनिधि, कर्मचारीले बिहीबार प्रमुख प्रशासकीय अधिकृत गुरागाँइलाई कार्यालयमा प्रवेश गराए र हाजिरी पनि गराए।
तर यसमा पनि बालेन्द्रले नगर व्यवस्थापनको कार्य गर्ने नगर प्रहरीलाई निजि बडिगार्ड जसरी आफ्नो पक्षमा लतारे। जब उपमेयर सुनिता डंगोलले महानगरको अभिभावकत्व निक्कै उत्कृष्ट ढंगले निर्वाह गरिन्, त्यसपछि नगर प्रहरी प्रमुख राजु पाण्डेले बालेन्द्रको निजि सिपाही जसरी के सम्म गरेका रहेछन्, त्यो सबै छताछुल्ल भयो। सुनिता यसको हार र उसको जितमा लागिनन् र बोलिनन् पनि, उनको शैली र बोलीमा महानगरको जित र हित दुबै झल्किन्थ्यो।
नगर प्रहरीको नियुक्तीदेखि घटनापटन सबैमा प्रमुख प्रशासकीय अधिकृतको प्रमुख भूमिका हुने कानुनले तोकेको छ। तर राजु पाण्डे भने आफ्नै तालुकदार हाकिम विरुद्ध मेयर बालेन्द्रको निजि सिपाही बनेर उभिए। त्यसोत राजु पूर्व प्रहरी हुन् भने उनका श्रीमती गंगा पन्त पनि नेपाल प्रहरीको बहालबाला एसएसपी हुन् । चेन अफ कमाण्डसमेत थाहा नपाउने राजु पाण्डेले प्रहरीको सम्मान नै गुम्ने कार्य गरिरहेका छन्
मैले यो लेख्दा लेख्दै राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतसँग सलाम ठोकेर माफी मागेको खबर प्राप्त गरे। पाण्डे जी सुध्रिने संकेत हो भन्ने ठानेको छु।
अब फेरी लागौं बालेन्द्र तर्फ। कार्यालयमा नगर प्रहरी तैनाथ गरेर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि र तलवका भोका कर्मचारी माथि लाठि र बुट बजार्न लगाएर बालेन्द्र भने काभ्रेको पाँचखालको लस्सी पसलमा लस्सी खाँदै थिए भन्ने समाचार छताछुल्ल भयो। एक जिम्मेवार नगर प्रमुख कार्यालयमा तनाव हुँदा लस्सी खान काभ्रे पुग्ने हो कि कार्यालय? हरेक जिम्मेवार नागरिकलाई यसले गिज्याइरहेको छ। गर्मिको बेला चिसो र गुलीयो लस्सीले मेयर बालेन्द्रलाई क्षणिक शितलता दियो होला तर मेयर बालेन्द्र महानगरमा जुन आगो सल्काएका छन्, तिमीले त्यसको रापतापले तिमीलाई जीवनभर पोलिरहने छ। जसलाई गाँजा त के, कुनै नशाले छेक्न सक्ने छैन। प्रिय बालेन्द्र तिम्रो धेरै काण्ड लेख्न छुटाएकोमा माफी चाहन्छु।
