—माेहन भण्डारी काठमाडौं । अहिले धरहराको महत्व कति छ? यसको बयान आज गरेर सकिँदैन, धरहराको महत्व नै महत्व छ । आजको दिनमा धरहरा देशको गहना बनेको छ। अझ भन्नुपर्दा, अहिले धरहरा राजश्वको धरोहर बनेको छ। पटक–पटकको भूकम्पले धरहराको स्वरूप फेरिए पनि धरहरा देशको धरोहर नै रहँदै आएको छ।
१९९० सालको भूकम्प हाम्रो पुस्ताले भोग्न पाएन। तर २०७२ सालको भूकम्पमा धरहरा ढलेपछि देश नाङ्गिएको अनुभव भएको थियो । धरहराविनाको काठमाडौं कुरुप जस्तै भएको थियो । मैले देख्दा ९ तले धरहरा अहिले २२ तले बनेको छ। भूकम्पपछिको धरहराको पुनर्निर्माणको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आएको थियो, र उहाँले नै यसको पुनर्निर्माण गर्नुभयो।
आज देशले धरहरा भन्दा अग्लो अर्को संरचना पनि पाएको छ — जुन पूर्वी नेपालको दमकमा निर्माण भएको बिजनेस कम्प्लेक्स हो। उद्घाटन भइसकेको यस संरचनालाई केहीले भ्यू टावर भनेर पनि चिनाउँछन्। नेपालकै अग्लो भवन भएकाले यसले भ्यू टावरको काम त गर्नेनै छ , तर यसले व्यापारिक केन्द्रको रुपमा काम गर्ने भएकाले यसको वास्तविक परिचय बिजनेस कम्प्लेक्स हो।
आज केवल भ्यू देखाउने धरहराको त यति महत्व छ भने, पछि दमक बिजनेस कम्प्लेक्सको महत्व कति होला? आज भ्यू मात्र देखाउने धरहराकोको कमाई अथाह छ भने भोली भू सगै व्यापार हुने बिजनेश कम्प्लेक्सको कमाई कति हेला? धरहराको निर्माण गर्दा पनि पक्कै पनि तत्कालीन मुख्तियार भीमसेन थापालाई आलोचना सहनु परेको थियो होला। त्यसबेला नेपालको अवस्था आजभन्दा धेरै पिछडिएको थियो। विकासको पूर्वाधारमा लागनी न गरेर यस्तो अग्लो भवन वनायो भनेर पक्कै पनि मन मनै जनताले भिमसेन थापालाई गालि समेत गरेका थिए होला । मनमनै किन भनिएको भने त्यतीवेला खुलेर सरकारको विरोध गर्न पाईदैन थियो । त्यतीवेला जे भयो त्यो सकियो ।
तर त्यति बेला धरहराको निर्माण भएकाले आज भीमसेन थापा अमर बनेका छन्। आज धरहरा विनाको काठमाडौं हामी सोच्न पनि सक्दैनौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्यू मात्रै हैन, भ्यू भित्र व्यापार पनि हुनुपर्छ’ ब्यापार भित्र राजश्व उठ्नु पर्छ शहर विकेन्द्रीकरण हुनुपर्छ भन्ने सोचका साथ दमकमा बिजनेस कम्प्लेक्स निर्माण गर्नुभएको छ। जुन आजको नेपालका लागि अति आवश्यक काम हो। यसको सुरुवात पूर्वी नेपालबाट भएको छ र अब यो नमूना देशभर फैलिनुपर्छ।
विकासमा ओलीको दृष्टिकोण
आज दमकमा बनेको भ्यू टावर हेर्दा मात्र पनि बुझ्न सकिन्छ—प्रधानमन्त्री ओली विकासप्रति कति दूरदर्शी हुनुहुन्छ। दमक अहिले सानो काठमाडौं भएको छ । काठमाडौं आज कोलाहलयुक्त शहरका रूपमा चिनिएको छ, जुन संरचनात्मक विकास असन्तुलनको परिणाम हो।
आज विकासको युग विकेन्द्रीकरणको हो। व्यक्ति जहाँ छन्, विकास त्यहाँ पुग्नुपर्छ। शहरमा मात्रै विकास केन्द्रित गर्नुको सट्टा गाउँमै पूर्वाधार पु¥याए प्रदूषण र भीड नियन्त्रणमा रहन्छ। दमकमा उचित स्थानमा कम्प्लेक्स बनाइएको छ, जसले आगामी दिनमा त्यहाँको व्यापारिक विस्तार, बसाइसराइ न्यूनीकरण र सौन्दर्य वृद्धिमा योगदान पु¥याउनेछ।
गाउँगाउँमा सिंहदरबारको अनुभूति
गाँउ गाँउमा सिह दरवार हुनुपर्छ भनेर माओवादी नेताहरुले जनता भड्काउदे हिडेको हामि देख्छै । बास्तवमा भने गाँउगाँउमा सिंहदरवार बन्न पहिला गाँउ गाँउमा शहर बन्नु पर्छ । त्यसको पुरा दमक बिजनेश कम्प्लेक्स जस्ता संरचनाले मात्र पुरा गर्छ । त्यसैले यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले दमकमा देखाउनुभएको भौतिक संरचनाको विकासलाई खुलेर स्वागत गर्नुपर्छ।
जुन ठाउँमा योजना पुग्छ, त्यहाँ शहर बन्छ
पाल्पाको रानीमहल आज पर्यटक आकर्षण बनेको छ, गोरखा, नुवाकोट, सिन्धुली, मकवानपुरमा रहेका दरबारहरूले ती जिल्लाहरूलाई ऐतिहासिक महत्त्व दिलाएका छन्। त्यसैगरी, भोलिका दिनमा दमकको बिजनेस कम्प्लेक्स कोशी प्रदेशको मात्र नभएर नेपालकै गहना बन्नेछ भन्नेमा म ढुक्क छु।
गाउँलाई माया गर्ने नेताः प्रधानमन्त्री ओली
देशको नेतृत्व गर्ने व्यक्तिले हरेक कुरा खुलेर भन्न सक्दैनन् । तर प्रधानमन्त्री ओलीको कार्यकालमा देशमा ठूला परिवर्तनहरू भएका छन्। नेपालको नक्सा परिमार्जन भएको छ, स्वाभिमान बढेको छ, गाउँ–गाउँसम्म सडक पुगेका छन्, तुइन लाई झोलुङ्गे पुलले विस्थापित गरेको छ । झोलुङ्गे पुललाई पक्की पुलले विस्थापीत गरेका् छ । अस्पतालहरूको पूर्वाधार मजबुत भएका छन्। गाँउ गाँउका अस्पतालहरु ठूला प्रधानमन्त्री ओली कै पालामा भएको हो ।
प्रधानमन्त्रीको यस्तो कामले उहाँ गाँउ प्रेमी भएको झल्कन्छ । । उहाँको भिजन आजको लागि मात्र होइन, भोलिको पुस्तालाई गाउँमै अडिन सक्ने आधार पनि हो।
जसरी धरहराले काठमाडौं उज्यालो बनायो, त्यसैगरी भोलि दमकको बिजनेस कम्प्लेक्सले पूर्वी नेपाल सँगै नेपाल उज्यालो बनाउनेछ। धरहराजस्तै यो कम्प्लेक्स पनि रोजगारी सिर्जना, व्यापार विस्तार र सन्तुलित विकासको उदाहरण बन्नेछ। यदि नेपालमा यस्ता संरचना ७७ वटै जिल्लामा बनाइए, तबमात्र नागरिकले साँच्चै गाउँगाउँमा सिंहदरबार भएको अनुभूति गर्न सक्नेछन्।
