दशैं, तिहार र छठ पर्वलाई लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरीले देशभर ५०,४५८ प्रहरी परिचालन गरेको छ। प्रहरीले धार्मिक तथा सांस्कृतिक कार्यक्रम, लामो दूरीका यात्रु, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्राथमिकता दिएको छ।
योजनामा ठगी, चोरी, जुवा, अनलाइन ठगी, नक्कली नोट र अवैध ओसारपसार नियन्त्रणमा निगरानी बढाउने उल्लेख छ। यात्रुको चाप बढ्ने भएकाले सहायता डेस्क र सडक सुरक्षामा पनि ध्यान दिइने प्रहरीले जनाएको छ।
