नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला समूहका दुई सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएको जानकारी सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।
खतिवडाका अनुसार उनले २,९१९ मत र शिवाकोटीले २,०७२ मत प्राप्त गरेका छन्। दुई पदका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
