फ्लाइदुबईले पोखरा–दुबई उडानका लागि ३० अक्टोबर २०२७ सम्म टिकट बुकिङ खुलाएको छ। कम्पनीले सेप्टेम्बर २३ बाट उडान सुरु गरेपछि अक्टोबर १२ सम्म २० दिनमध्ये १९ दिन सेवा दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक छ।
यस अवधिमा दुबईबाट पोखरा ३,११३ यात्रु आएका र पोखराबाट दुबई १,४२३ जना गएका छन्। विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने अवसर दिएको बताएका छन्।
