आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा नेपालले आयोजक ओमानलाई ११३ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो; ओमान ४० ओभरमा १५० रनमै समेटियो।
रोहित पौडेलले ६७ बलमा ६१ रन बनाए भने करण केसीले १६ बलमा ४० रन जोड्दै अन्तिम ओभरमा लगातार छक्का प्रहार गरे। नन्दन यादव र कप्तान सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। नेपाल ३४ खेलबाट २८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ र शनिबार क्यानडासँग खेल्नेछ।
